प्रशान्त महासागर क्षेत्रमा रहेका टापु मुलुकहरुमा अमेरिकी प्रदर्शन हेर्ने दर्शक छैनन्
2022-04-20 16:37:58cri
Share with:

अमेरिकी ह्वाइट हाउसले अप्रिल १८ तारिख अमेरिकी राष्ट्रिय सुरक्षा समिति अन्तर्गत हिन्द प्रशान्त मामिला सम्बन्धी समन्वयकर्ता कर्ट क्याम्बेलले सोलोमन टापुहरु लगायत प्रशान्त महासागरका ३ टापु मुलुकको भ्रमण गर्नुहुने घोषणा गरेको छ।

चीन र सोलोमन टापुहरुका सरकार बीचको सुरक्षा सहयोग सम्बन्धी प्रारुप सन्धीलाई विथोल्ने कुचेष्टा लिएर क्याम्बेलले यस पटकको भ्रमण गर्नुहुने वाह्य क्षेत्रले ठहर गरेको छ। समान र आपसी हितको आधारमा चीन र सोलोमन टापुहरुले सो सन्धीमा हस्ताक्षर गरेका हुन् र त्यसको उद्देश्य सोलोमन टापुहरुले स्वदेशको सुरक्षाको क्षमतालाई बढाएर स्थानीय सामाजिक स्थिरता र दीर्घकालीन अवधिसम्म शान्ति र स्थिरतालाई अघि बढाउनु हो। यस्तो किसिमको सहयोग अन्तर्राष्ट्रिय कानुन र नियमसँग अनुकूल रहनुका साथै त्यसले कुनै पनि तेस्रो पक्षलाई लक्षित गर्ने छैन। तथापि अमेरिका र अस्ट्रेलियाले यो सहयोग क्षेत्रीय सुरक्षाका लागि त्रास-धम्कीको रुपमा बंग्याएर त्यसलाई ध्वस्त पार्न खोजेका छन्। अमेरिकाले सोलोमन टापुहरुका सुरक्षा र विकासमा साँचो रुपमा ध्यान दिएको छैन, बरु तिनीहरुलाई चीन विरुद्ध रणनीतिको ठाउँ मात्र बनाएको छ।

एसिया प्रशान्त क्षेत्रको सुरक्षाका लागि अमेरिका सबैभन्दा ठूलो त्रास धम्की रहेको वास्तविकताबाट प्रमाणित हुन्छ। अमेरिकाको गतिबिधिले यस क्षेत्रको स्थिर प्रणालीलाई ध्वस्त बनाउँदैछ। ह्वाइट हाउसले क्याम्बेलको यस पटकको भ्रमणको उद्देश्य प्रशान्त महासागर टापुहरुका “समृद्धि, सुरक्षा र शान्ति”लाई सुनिश्चित पार्ने दाबी गरेको छ, तथापि विश्वले अमेरिकाको झुटो अनुहार र हास्यास्पद प्रदर्शन मात्र देखेको छ।