विश्वअर्थतन्त्रका लागि चीनले मेरुदण्डको भूमिका निर्वाह गरेको चीनका लागि पूर्व नेपाली राजदूतको भनाइ
2022-04-22 19:52:39cri
Share with:

कोरोना महामारीपछि विश्व अर्थतन्त्रमा देखिएको मन्दीलाई चिनियाँ अर्थतन्त्र र खोपले आशा जगाएको कुरा चीनका लागि पूर्व नेपाली राजदूत टंक कार्कीले बताउनु भएको छ। कार्की नेकपा एमालेका केन्द्रीय नेता पनि हुनुहुन्छ। कार्कीले चीनलाई विश्व अर्थतन्त्रको मेरुदण्ड बताउनु भएको छ।

सीआरआई नेपाली सेवासँग कुरा गर्दै कार्कीले पोआवो एसिया मञ्चको स्थापना र एसियाको उन्नति सँगसँगै सुरु भएको बताउनुभयो। यसको स्थापनामा नेपाल पनि संस्थापक सदस्य रहेको बताउँदै विश्व विकास विकास एसियातिर केन्द्रित हुँदै गएको र यसको नेतृत्व चीनले गरिरहेको बताउनुभयो। कोभिड महामारीपछि विश्वअर्थतन्त्रमा देखिएको दबाब थेग्न र विश्व अर्थतन्त्र जोगाउन चीनले अडानका साथ काम गरेको कार्कीले औँल्याउनुभयो।

चीनको विकासको रप्तारबाट नेपालले पनि लाभ लिइरहेको र लिइरहने बताउँदै चीनले विश्वलाई नै विकासमा साझेदारी गर्ने, लाभमा साझेदारी गर्ने, राजनीतिक तथा आर्थिक स्थिरतामा प्रभावकारी भूमिका खेल्ने, उज्जल भविष्यका लागि सबैसँग साझेदारी गर्ने नीतिले गर्दा चीन विकासोन्मुक मुलुकहरुका लागि आशाको सहारा बनेको कुरामा जोड दिनुभयो।

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले कोरोना महामारीका विरुद्ध लड्नका लागि सबैबीचमा सहकार्य हुनुपर्ने नारा लिनु भएको र एक्काईसौँ शताब्दीमा विश्व शितयुद्धमा फर्किन नसक्ने विचार व्यक्त गर्नु भएको उल्लेख गर्दै चीनले कसैलाई पनि अहित हुने नीति कहिल्यै नलिएको हुनाले विश्वका अधिकांश मुलुक र जनताले चीनलाई समर्थन गरेको बताउनुभयो।

यही अप्रिल २० तारिखदेखि २२ तारिखसम्म चीनको दक्षिणमा रहेको हाइनानको पोआवोमा पोआवो एसिया मञ्चको वार्षिक सम्मेलन भएको छ।