चेक गणतन्त्रका युवक चीनमा स्काइडाइभिङ प्रशिक्षक
2022-04-22 10:46:08cri
Share with:

 

चीनको हाईनान प्रान्तमा स्काइडाइभिङ मन पराउने एक युवक छन्। उनको नाम माइक हो। उनी चेक गणतन्त्रबाट आएका हुन्। उनी चार हजार मिटर उचाइको आकाशबाट दृश्य अवलोकन गर्न मन पराउँछन्।


 

माइकले सन् २००० देखि स्काइडाइभिङ सिक्न थालेका थिए। हाल २२ वर्ष भइसकेको छ। सन् २०१५ मा स्काइडाइभिङ प्रशिक्षक लाइसेन्स पाएपछि माइक स्काइडाइभिङ प्रशिक्षक बनेका हुन्। पर्यटकलाई स्काइडाइभिङ गराउँदा उनी निष्ठापूर्वक काम गर्दछन्। उनी भन्छन् “म कुनै गल्ती नहोस् भन्छु। र म सक्दो प्रयास गर्छु।”

 

सन् २०२१ जुन महिनामा चीनको स्काइडाइभिङ व्यवसायको फराकिलो भविष्यबारे जानकारी लिएपछि माइकले चीन जाने निर्णय गरेका थिए। उनले देखे अनुसार अझै धेरै उद्योग-व्यवसायहरूले चीनको हाईनान प्रान्तमा स्काइडाइभिङको आधार क्षेत्रको निर्माण गर्ने छन्। त्यसैले हाईनान उनको पहिलो छनौट बन्यो। माइक भन्छन् “हाईनानका वासिन्दाहरू निकै मैत्रीपूर्ण छन्। भाषामा अवरोध भए तापनि मानिसहरूले मसँग कुराकानी गर्न चासो देखाउँछन्।”

 

माइकले चीन आएदेखिको पहिलो महिनामा नयाँ वातावरणसँग परिचित नहुँदा धेरै जनालाई धेरै दुःख दिएको सम्झना गरेका छन्। तर चिनियाँहरू निकै मैत्रीपूर्ण भएका कारण उनले भाषाको अवरोधलाई पार गरेका थिए। माइकले हाईनानमा काम गर्न र बस्न रूचाए। उनी भन्छन् “यहाँ आउँदा शुरुमा स्थानीय वासिन्दाले मलाई केरा, नरिवलआदि फलफूल दिए। मलाई निकै मनपर्यो। समुद्र तटमा नरिवल पिएर मलाई आनन्द लाग्यो।”

 

माइकको सपना चीनमा स्काइडाइभिङ विद्यालय खोल्नु हो। हाल उनले आफ्नो सपना साकार तुल्याउन प्रयास गरिरहेका छन्। हाल उनका विद्यार्थीहरू त्यति धेरै छैनन् तर उनको प्रशिक्षणबाट केही उपलब्धि हासिल भइसकेको छ। माइकका एक विद्यार्थी भन्छन् “मेरो प्रशिक्षक जिम्मेदार हुनुहुन्छ। उहाँले सिकाएपछि मलाई अस्पष्ट लागेको कुनै पनि कुरा सबै बताउनुहुन्छ।”

 

उनले क्यामेरामार्फत पर्यटक र विद्यार्थीको मूल्यवान क्षणको रेकर्ड गर्ने गरेका छन्। विश्वविद्यालयमा माइकको विषय बजार व्यवस्थापन थियो। फराकिलो आकाश मन पराएका कारण उनले स्काइडाइभिङसम्बन्धी काम गरे। उनी भन्छन् “विश्वविद्यालयमा मैले आर्थिक व्यवस्थापन विषयको अध्ययन गरेको थिएँ। वास्तवमा म हालको काम मन पराउँछु।”

 

भविष्यको योजनाबारे चर्चा गर्दै माइकले हरेक दिनको काम राम्रोसँग गर्ने आशा लिए। उनी भन्छन् “संसारमा हरेक दिन परिवर्तन भइरहेको हुन्छ। हामीले सरल र नम्र भएर जीवन बिताउनुपर्छ।”