माथिल्लो त्रिशूली ‘थ्री बी’ आयोजनाले गति लियो
2022-04-22 16:00:05cri
Share with:

नेपालको पानी जनताको लगानी भन्ने कार्यक्रम अन्तर्गत निर्माणाधीन माथिल्लो त्रिशूली थ्री बीजलविद्युत् आयोजनाको निर्माणले गति लिएको छ।  कोरोनाको संक्रमण मत्थर हुँदै गएपछि आयोजनाको निर्माणले गति पाएको हो। रसुवा र नुवाकोट जिल्लाको सिमानामा निर्माणाधीन जलविद्युत् आयोजनाको क्षमता ३७ मेगावाट रहेको कान्तिपुर अनलाइनले लेखेको छ।

माथिल्लो त्रिशूली थ्री बीजलविद्युत् आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी हो। यो आयोजनामा जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत सर्वसाधारणको लगानी भइसकेको छ। माथिल्लो त्रिशूली थ्री एजलविद्युत् आयोजनाको क्यास्केड भएकाले थ्री बीजलविद्युत् आयोजनालाई बाँध र बालुवा थिग्राउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने आयोजनाले बताएको छ। थ्री एको विद्युत् गृहबाट निस्किएको पानीलाई थ्री बीआयोजनाको सुरुङमा पठाइने छ। अर्धभूमिगत विद्युत् गृह रहने आयोजनाको सम्पूर्ण संरचना भूमिगत रहने छ। अहिलेसम्म आयोजनाको ६६ प्रतिशत भन्दा बढी काम सकिएको त्रिशूली जलविद्युत् कम्पनीका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले बताउनुभयो।

विद्युत् गृह, सर्ज ट्याङ्क, पेनस्टक लगायतका संरचनाको निर्माण भइरहेको छ। उक्त आयोजनाको ३ हजार ८०५ मिटर मुख्य सुरुङमध्ये अहिलेसम्म ३ हजार ५३ मिटर खनिएको छउहाँले भन्नुभयो चार चरणमा सुरुङ खन्ने काम भइरहेको छ।’ (ईपीसी ) मोडेलमा आयोजना निर्माण भइरहेको छ। आयोजना निर्माणको ठेक्का चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनीले पाएको छ। उक्त कम्पनीले आयोजनाको सिभिलतर्फका सम्पूर्ण संरचना निर्माण, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका उपकरणहरुको डिजाइन, निर्माण तथा जडान गर्ने छ। आयोजना २०७७ फागुन मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। तर कोभिड१९ का कारण करिब १५ महिना काम ठप्प भयो। नयाँ वर्ष मनाउन घर गएका चिनियाँ कामदार फर्कन नपाएको र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा आयोजनाको निर्माण अवरुद्ध भएको थियो।

मुख्य सुरूङमार्गमा कमजोर चट्टान फेला परेका कारण पनि आयोजना निर्माणमा ढिलाइ भएको गौतमले बताउनुभयो। रसुवागढी नाकाबाट पूर्णरूपमा आयात नहुँदा निर्माण कम्पनीले चीनमा खरिद गरेका उपकरण तथा सामग्री ल्याउन पनि ढिलाइ भइरहेको छ। गौतमले भन्नुभयो चीन पुगेर इलेक्ट्रोमेकानिकलका उपकरण ठीक छ, छैन भनेर परीक्षण गर्न समेत पाइएको छैन। ठिक भइसकेपछि मात्रै उपकरण आयात हुने हो।

२०२३ सेप्टेम्बरमा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। निर्माण अवधिको ब्याज समेत जोडेर उक्त आयोजनाको कुल अनुमानित लागत ८ अर्ब २२ करोड रहेको छ। उक्त आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकम संस्थापक शेयरधनी छन्। उनीहरुको ३०/३० प्रतिशत संस्थापक सेयर रहेको छ। कम्पनीमा रसुवा तथा नुवाकोटका स्थानीय तहको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीयबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर रहने छ। आयोजनामा ३० प्रतिशत इक्विटी (२ अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (५ अर्ब ७६ करोड) लगानी जुटाइएको छ। जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत कम्पनीले सर्वसाधारणका लागि ३७ लाख ५ हजार कित्ता सेयर निश्कासन गरिसकेको छ। आयोजनाबाट सुक्खायाममा १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने छ। विद्युत् बिक्रीबाट वार्षिक करिब १ अर्ब ८९ करोड रुपैयाँ आम्दानी हुने छ। उत्पादित विद्युत् आयोजनाबाट करिव ३ किलोमिटर टाढा प्रसारण लाइन मार्फत त्रिशूली थ्रिबी हब सबस्टेसनमा जडान गरिने छ। प्रसारण लाइनको निर्माण नेपाल विद्युत् प्रधिकरणले गर्ने छ।