नेपालीले नसोचेको गतिमा तिब्बतको विकास
2022-04-22 09:43:05cri
Share with:

तिब्बत र ल्हासा सोचेभन्दा राम्रो छ। तिब्बतमा चमत्कारिक विकास नै भएको छ, यहाँका जनताहरूको जीवनयापन निकै नै शानदार छ। यो भनाइ चीनको तिब्बतको ल्हासामा विगत पाँच वर्षदेखि बस्दैआएका नेपालीको हो।

तिब्बतको सदरमुकाम ल्हासामा झण्डै बीस वर्ष अगाडि स्थापित थर्ड आई नेपाली रेस्टुराँमा पाँच वर्षअघि म्यानेजरको रूपमा मनोज पाण्डे जोडिन पुगेका थिए। सिन्धुपाल्चोक स्थायी घर भएका उनीसँग यस अघि दुबईमा होटल क्षेत्रमा काम गरेको अनुभव छ। सन् २०१७ मा ल्हासा टेकेका उनलाई तिब्बत र ल्हासा सोचेभन्दा धेरै राम्रो लागेको बताए। तिब्बतको चमत्कारिक विकास भएको र तिब्बती जनताहरूको जीवनयापन निकै शानदार रहेको उनको ठम्याइ छ। उनले भने, ‘तिब्बत र ल्हासा सोचेभन्दा राम्रो छ र हरेक वर्ष धेरै विकास भइरहेको छ। पाँच वर्षअघि म आउँदा पनि विकास भएकै थियो तर अहिलेको विकास हामी नेपालीले नसोचेको गतिमा विकास भएको छ।’

अहिले ल्हासामा द्रुत गतिको विकासको अनुभव लिनसकिन्छ। हाल तिब्बतमा हाइ स्पीड रेलसमेत सञ्चालनमा आइसकेको छ। जहाँ विकास हुन्छ, त्यहाँ सम्भावनाहरू हुन्छ। साथै जति धेरै विकास हुन्छ, त्यति नै अवसरहरू सिर्जना हुन्छ। तिब्बतको चमत्कारिक विकास भएकोले स्थानीय जनताहरूको जीवनयापन निकै नै शानदार बन्दैगएको पनि उनले बताए।

यसै गरी, ल्हासामा रहँदा नेपालमै रहेको जस्तो अनुभव लाग्ने गरेको पनि उनले सुनाए। ‘व्यक्तिगत अनुभवको कुरा गर्नुपर्दा विदेशमा बसेको जस्तो अनुभव नै छैन। यता संस्कृति, रीतिरिवाज भूबनौट आदि कारणले पनि हुनसक्छ।’ उनले भने, ‘सायद, यहाँका तिब्बतीहरूको मिजास, स्वभावको कारणले पनि होला। नेपाली भने पछि स्थानीयहरूले आत्मियता देखाउँछन्।’

(चाइना मिडिया ग्रुप (सीएमजी) नेपाली सेवाकालागि अजय अलौकिकले लिएको अन्तर्वार्ताको सार)