नेपाल एयरलाइन्सद्वारा साउदी अरबमा उडान सुरु
2022-04-23 16:25:38cri
Share with:

नेपाल वायुसेवा निगमले नेपालीहरुको ठूलो संख्या रहेको मुलुक साउदी अरबमा शुक्रबारदेखि नियमित उडान सुरु गरेको छ। साउदी अरबको रियादमा काठमाडौंबाट नेपाल एयरलाइन्सको जहाज शुक्रबार साँझ सवा सातमा रियादका लागि उडेको अनलाइनले लेखेको छ। निगमले वाइडबडी जहाज किन्ने बेला गरेको बजार प्रक्षेपणमा यो गन्तव्य समेटिएको थियो। तर, लामो समयसम्म निगमले अनुमति नपाउँदा उडान विस्तार गर्न भने सकेको थिएन।

निगमले साउदीका विभिन्न गन्तव्य (रियाद, दमाम र जेद्दा)मा उडानको अनुमति पाएको भएपनि पहिलो चरणमा रियादमा मात्र उडान सुरु गरेको हो। यस शहरमा निगमले साताको दुई उडान गर्ने भएको छ। शुक्रबार र आइतबार काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ। जहाज साउदीबाट भने शनिबार र सोमबार काठमाडौं फिर्ता हुनेछ। साउदी अरबको दमाममा भने अहिले हिमालय एयरलाइन्सले उडान गरिरहेको छ। यो मुलुकमा निगमले यसअघि चार्टर्ड उडानहरु भने गरिसकेको छ। पहिलो पटक नियमित उडान गर्न लागेको हो।