जुलियान असान्जको भाग्य “अमेरिकी ढाँचा स्वतन्ता”को वास्तविक स्वरूप देखिने ऐना
2022-04-23 16:56:35cri
Share with:

बेलायतको लण्डनस्थित एक स्थानीय अदालतले हालै औपचारिक रूपमा “विकिलिक्स” नेटवर्कका संस्थापक जुलियान असान्जलाई अमेरिका सुपुर्दगी गर्न अनुमोदन गरेकाले धेरै पक्षहरूको आशंका र प्रतिरोध गरेका छन्। हाल असान्जका केही समर्थकहरूले अदालत बाहिर भेला भई उक्त विवेकहीन निर्णयको खण्डन गरेका छन्। असान्जका वकिलका अनुसार, अमेरिकामा उनले १७५ वर्षसम्म चल्ने लामो काराबासको सामना गर्नुपर्ने सम्भावना रहेको छ। “विकिलिक्स”का महा सम्पादक क्रिस्टिन ह्राफन्सोनले अमेरिका र बेलायतका उक्त निर्णयले वास्तवमा असान्जलाई मृत्यु दण्ड दिएको जस्तो बताउनुभएको छ।

१० वर्षभन्दा लामो समययता अमेरिकी सरकारले किन असान्जलाई कहिल्यै पनि त्याग गरेको छैन? त्यसको कारण के हो भने उनले अमेरिकाका अनेकन् बदमासी तथ्यलाई खुलाएका थिए। असान्जको दुःखपूर्ण अनुभवबाट मानिसहरूले के स्पष्टसँग देखेका छन् भने अमेरिकामा रहँदा स्वतन्त्रता भन्ने पट्टकै छैन। त्यो शब्द वास्तवमा अमेरिकी राजनीतिज्ञहरूले अरू देशमाथि आक्रमण गर्न र बदनाम गर्न खोज्ने निहुँ र साधन मात्र रहेको छ।