बहुप्रतीक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण
2022-04-24 16:20:44cri
Share with:

बहुप्रतीक्षित मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको छ। केही वर्षअघि देखि वितरण गरिएको मेलम्चीको पानी केही महिनापछि बाढीको कारणले मुहान पुरिएको थियो।

मुहान सफा गरेपछि मेलम्चीको पानी यहाँ  पुनः वितरण गरिएको गोरखापत्र अनलाइनले लेखेको छ। पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले वि.सं २०५६ सालमा देख्नुभएको सपना विभिन्न आरोहअवरोह पार गर्दै काठमाडौंका घरघरमा पानी आइपुगेको छ।

खानेपानीमन्त्री उमाकान्त चौधरीले नयाँ वानेश्वरस्थित पानी वितरण केन्द्रबाट सो क्षेत्रमा विहानदेखि पानी वितरण गर्नुभएको हो।