चीनका राष्ट्राध्यक्ष सीद्वारा रेन्मिन विश्वविद्यालयको निरीक्षण
2022-04-25 14:51:27CRI
Share with:

मे ४ तारिख युवा दिवस हो। यसै अवसर पारेर चीनका राष्ट्राध्यक्ष सी चिनफिङले २५ तारिख बिहान चीनको रेन्मिन विश्वविद्यालयको निरीक्षण भ्रमण गर्नुभएको छ।

 उहाँले विद्यालयको कक्षाकोठा, सङ्ग्रहालय र पुस्तकालयको निरीक्षण गरेर वैचारिक र राजनीतिक शिक्षाको सुधार तथा नवाचार, विद्यालयको ऐतिहासिक विकास, शिक्षण र वैज्ञानिक अनुसन्धानका उपलब्धिहरू, प्राचीन साहित्य र पुस्तकको संरक्षण र उपयोग तथा सैद्धान्तिक अनुसन्धानलाई प्रयोगमा रूपान्तरण गर्ने आदि विषयबारे जानकारी लिनुभएको छ।

उहाँले विश्वविद्यालयका शिक्षक र विद्यार्थीका प्रतिनिधिहरूको गोष्ठीको पनि अध्यक्षता गर्नुभएको छ।