चीनले विश्वलाई दिएको उपहार आर्टेमिसिनिनभन्दा बढी छ
2022-04-26 20:38:52cri
Share with:

"यो औषधिविना धेरै बालबालिका मलेरियाबाट मर्नेछन्" गुइनीको संक्रामक रोग विशेषज्ञ घिलावोगुईले भन्नुभयो। सन् २०२२ आर्टेमिसिनिनको खोजको ५०औं वार्षिकोत्सव हो। पचास वर्ष पहिले थु यु युद्वारा प्रतिनिधित्व गरिएको चिनियाँ वैज्ञानिकहरूले पहिलो पटक पत्ता लगाएर सफलतापूर्वक निकालेको आर्टेमिसिनिनले चीनलाई मलेरियाबाट पूर्ण रूपमा मुक्त गराएको थियो। यस्तो राम्रो औषधिको लागि चीनले उदारतापूर्वक यसलाई सारा संसारमा प्रचार गरेको छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले आर्टेमिसिनिनको ५०औँ वर्षगाँठ एवम् मानव स्वास्थ्यको समुदाय निर्माण गर्न मद्दत गर्ने अन्तर्राष्ट्रिय मञ्चको अवसरमा आफ्नो बधाई पत्रमा औंल्याउनुभयो, “चीनले आर्टेमिसिनिनको खोज र प्रवर्द्धनमा योगदान दिएको छ। विश्वव्यापी मलेरियाको रोकथाम र नियन्त्रण तथा मानवजातिको सुरक्षाको लागि महत्त्वपूर्ण योगदान गरेको छ।"

सन् २०२१ को अन्त्यसम्ममा चीनले विकासोन्मुख देशहरूका लागि दशौं हजार एन्टि-औलो प्राविधिकहरूलाई तालिम दिएको छ। ३० देशहरूमा मलेरिया रोकथाम तथा उपचार केन्द्रहरूको निर्माणमा सहयोग गरेको छ र ७२ विकासोन्मुख देशहरूमा २८ हजार चिकित्सकहरू पठाएको छ। आर्टेमिसिनिन बाहेक अफ्रिकामा इबोला प्रकोप हुँदा धेरै देशहरू महामारीको क्षेत्रबाट हटेका थिए तर अफ्रिकालाई मद्दत गर्न चीनले तुरुन्तै एक चिकित्सा टोली पठायो। अफ्रिकामा अति आवश्यक आपूर्ति पठायो र अन्तसम्म अफ्रिकी देशहरु सँग-सँगै लड्न सक्षम भए।

 

अहिले मानवीय शताब्दीले सबैभन्दा खराब महामारीको सामना गरिरहेको छ। चीनले विश्वको सबैभन्दा ठूलो आपतकालीन मानवीय अपरेसनको साथ एकपटक फेरि सहयोगको हात बढाएको छ। हालसम्म चीनले १५३ देशहरू र १५ अन्तर्राष्ट्रिय संस्थाहरूलाई खर्बौ महामारी प्रतिरोधी आपूर्तिहरू र १२० भन्दा बढी देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूलाई २.२  खर्ब डोज खोपहरू उपलब्ध गराएको छ जसले मानवजातिलाई महामारीमाथि विजय प्राप्त गर्न मद्दत गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

 चीनलाई राम्रोसँग थाहा छ कि देशहरू १९० भन्दा बढी साना डुङ्गाहरूमा होइन तर साझा भाग्यको साथ ठूलो डुङ्गामा छन्। विश्वव्यापी जनस्वास्थ्य संकटको सामना गर्दै, मानव स्वास्थ्यको समुदाय निर्माण गरेर मात्र महामारीलाई पराजित गर्न सकिन्छ।