#अल्पसंख्यक जाति# ग्रामीण मार्गबाट किसान तथा पशुपालकलाई रोजगारको अवसर
2022-04-26 10:46:46cri
Share with:

चालू वर्षको प्रारम्भदेखि ल्हासा शहरीय लिनचौ जिल्लाको यातायात तथा ढुवानी विभागले नम्बर १०२, १०४, १०५ मार्गको मर्मत गरेको छ। लिनचौ जिल्ला यातायात तथा ढुवानी विभागका प्रमुख पातानतुचुको जानकारीअनुसार, यी तीन मार्गहरू तीन जिल्ला-बस्ती तथा सात गाउँसम्म फैलिएका छन्। जसले लगभग २० हजार सर्वसाधारणलाई यातायात सुविधा पुर्याउने गरेको छ। निर्माण कार्य सुरू भए लगत्तै मार्गवरिपरिका गाउँबस्तीका सर्वसाधारणले घरनजिकै रोजगार पाएका छन्।

 

निर्माणस्थलमा काम गर्ने थाचेट्रेन पाइतिङ स्थानीय गाउँले हुन्। उनीजस्तै घरनजिकै ग्रामिण मार्गको निर्माण कार्यक्रममा काम गर्ने अरू धेरै गाउँलेहरू छन्। प्रत्येक महिना लगभग ६/७ हजार युआन कमाउनुका साथै हरेक दिन घरमा बुढाबुढी आमाबुवालाई हेरचाह गर्नपाएकोले उनलाई सन्तोष लागेको छ। पुरूषबाहेक महिलाहरूले सिमेन्ट फिलिङलगायतका काम पनि गर्नसक्छन्।

केही वर्षयता तिब्बत स्वायत्त प्रदेशीय यातायात तथा ढुवानी व्यूरोले ४० लाख युआनभन्दा कमको सरकारी कार्यक्रम पूर्ण योग्यता भएका स्थानीय किसान र पशुपालक निर्माण टोलीलाई दिएको छ। साथै निर्माणकर्ताहरूमध्ये किसान तथा पशुपालकको संख्या ८० प्रतिशतभन्दा बढी हुनुपर्ने निश्चित नीति लागू गरिएको छ। जसले ग्रामीण मार्गको निर्माणमा सर्वसाधारणको सहभागिताको सकारात्मक रूपमा परिचालन गरेको छ।

 

तेह्रौँ पञ्च वर्षीय अवसरमा तिब्बती लिनच शहरीय लाङ जिल्लाले यातायात कार्यक्रमको निर्माणमार्फत् ५ हजारभन्दा बढी किसानहरूलाई घरनजिकै रोजगार अवसर दिएको छ। साथै कम निर्माण कठिनाइ र न्यून प्रविधि भएका यातायात कार्यक्रमहरू स्थानीय किसान र पशुपालक निर्माण टोलीलाई दिएर सर्वसाधारणका लागि ६ करोड युआनको आम्दानी थपेको छ।

 

मार्गको निर्माणबाहेक सुविधाजनक यातायातले पनि स्थानीय सर्वसाधारणलाई फाइदा पूर्याएको छ। सन् २०१५ देखि लिनच शहरीय मिलिन जिल्ला फाइ बस्तीका गाउँले वाङट्रा ग्रामीण यात्रु यातायातको सञ्चालन गर्दछन्। हरेक महिना उनको आम्दानी ५/६ हजार युआन पुगेको छ।

 

 

ग्रामीण यातायातको विकास गर्न तिब्बतले ग्रामीण यातायातको लागि भत्ता मापदण्ड उल्लेखनीय रूपमा बढाएको छ। हालसम्म तिब्बतमा ३१७ ग्रामीण यात्रु लाइनका कुल ३६९ बसहरू सञ्चालित छन्। जसबाट कृषि तथा पशुपालन क्षेत्रमा बस्ने सर्वसाधारणले यातायातको सुविधा अनुभव गर्नुका साथै यातायातसम्बन्धी काममार्फत् गरिबी उन्मूलन र आम्दानीमा वृद्धि भएको छ। 

तिब्बतमा ग्रामीण मार्गको निर्माण, व्यवस्थापन, मर्मत तथा सञ्चालन विभिन्न स्तरीय सरकारको मुख्य कार्य बनेको छ। स्वायत्त प्रदेशीय यातायात तथा ढुवानी विभागले ग्रामीण मार्गको मर्मतसम्बन्धी सार्वजनिक कल्याण पदको स्थापना गरेर किसान तथा पशुपालकलाई मार्गको मर्मतमा भाग लिन प्रोत्साहन गरेको छ। तेह्रौँ पञ्चवर्षीय योजनादेखि तिब्बतमा कुल २७ हजार ६ सय ८९ जना गाउँलेले ग्रामीण मार्गको मर्मत क्रममा ९ करोड ६९ लाख १० हजार युआनको पर्यावरणीय भत्ता पाएका छन्।