परम्परागत चिनियाँ गहना शिल्प कौशलको उतराधिकार र विकास
2022-04-26 16:08:08CRI
Share with:

सुन, चाँदी र अन्य धातुहरूलाई फिलामेन्टमा ढालेर विविध कला कौशलबाट विभिन्न आकार दिने गरिन्छ। त्यसपछि उक्त गहनालाई जेडसँग जोड्ने गरिन्छ। यो चीनको परम्परागत ह्वासस्याङछ्यान शिल्प हो। यो शिल्पकला चिनियाँ शाही शिल्प कौशलको प्रतिनिधि हो।

 सन् २००८ मा यसलाई राष्ट्रिय अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचिकृत गरिएको थियो।

सन् २०१६ देखि कलाकार कु कोछ्याङले यो परम्परागत शिल्प सिक्न थालेका थिए। उनले परम्परागत शिल्पलाई समकालीन मानिसको सौन्दर्यशास्त्र र प्रयोग तथा चाहनासँग जोडेका छन्। 

हाल कु कोछ्याङले बीसभन्दा बढी सदस्यबाट गठित कार्यालयको स्थापना गरी वर्षभरि लगभग एक हजारवटा यस्ता गहना बनाउने गरेका छन्। यी उत्पादनहरू देशविदेशमा विक्री हुने गरेका छन्।