पहिलो महाशक्ति शिल्पकार नवाचार आदानप्रदान सम्मेलनलाई राष्ट्राध्यक्ष सी चिनफिङको बधाई
2022-04-27 18:54:07cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अप्रिल २७ तारिख पहिलो महाशक्ति शिल्पकार नवीन सिर्जना संवाद सभालाई बधाइ सन्देश पठाउनुभएको छ।

सीले दक्ष कामदार टोली चीन उत्पादनको महत्वपूर्ण शक्ति हो भन्दै चीनका मजदुर वर्ग र व्यापक श्रमिकले नमूनायोग्य कामदार भावना, श्रम भावना, कारीगरी भावना लिएर वर्तमान विज्ञान तथा प्रविधि क्रान्ति र औद्योगिक विकासको चाहनाअनुकूल उच्च गुणस्तरीय विकास, उत्पादनबाट देशको विकास रणनीति, समाजवाद आधुनिक मुलुकको रचनालाई बढाउन योगदान गर्नुपर्ने दोहोर्याउनुभयो।

मे १ तारिख श्रम दिवस आउन लागेको बेला आफूले चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रिय समितिको तर्फबाट व्यापक दक्ष कामदार र श्रम नमूनालाई हार्दिक अभिवादन गर्नुका साथै व्यापक श्रमिकलाई पर्वको शुभकामना ज्ञापन गर्ने सीले उल्लेख गर्नुभयो।