विश्वले 'मानवअधिकार रक्षकहरू' बाट जवाफ पर्खिरहेको छ
2022-04-27 20:25:29cri
Share with:

"हामी अमेरिकी अधिकारीहरूलाई सबै उपयुक्त कार्यहरू गर्न, अन्तर्राष्ट्रिय मानव अधिकार सम्बन्धी दायित्वहरूको पालना गर्न, एकपक्षीय कार्यशैली  परिवर्तन गर्न र अफगानिस्तानमा मानवीय संकटको जवाफका लागि अन्तर्राष्ट्रिय प्रयासहरू पूरा गर्न आग्रह गर्दछौं।" हालै 14 स्वतन्त्र संयुक्त राष्ट्र मानव अधिकार विशेषज्ञहरूले एक संयुक्त वक्तव्य जारी गर्दै अमेरिकी सरकारलाई अफगानिस्तानको केन्द्रीय बैंकमा अर्बौं डलरको सम्पत्ति फुक्का गर्न आग्रह गरेका छन्। संयुक्त राष्ट्र संघबाट आएको यो निन्दा र आह्वान अन्तर्राष्ट्रिय नियमहरू मिचिएको र अन्य देशको मानवअधिकारको गैरकानुनी रूपमा उल्लङ्घन गरिएकोमा अमेरिकाको निन्दा हो।

 अर्बौं डलर अमेरिकाको लागि केही होइन तर अफगानिस्तानका लागि यो पैसा धेरै महत्वपूर्ण छ। अन्तर्राष्ट्रिय एजेन्सीहरूको मूल्याङ्कन अनुसार अफगानिस्तानमा दुइ करोड तीस लाख भन्दा बढी मानिसहरूलाई तत्काल खाद्य सहायताको आवश्यकता छ र लगभग 95% जनसंख्यासँग पर्याप्त खाना छैन। यसबाहेक चालीस लाखभन्दा बढी अफगानीहरू विस्थापित भएका छन्।

 

यो सबैको दोष कसलाई ? अवश्य पनि अमेरिकालाई । सन् 2001मा अमेरिकाले "आतंकवादको प्रतिरोध" को ब्यानरमा अफगानिस्तानमा युद्ध सुरु गर्यो। गत 20 वर्ष युद्धले एक लाख भन्दा बढी अफगान नागरिक हताहत भए, लगभग एक करोड दश लाख शरणार्थी बनेका छन्। अमेरिकी सेनाद्वारा निर्दोषहरूको अन्धाधुन्ध हत्याले विश्वलाई स्तब्ध र आक्रोशित बनाएको छ।

 अमेरिकाले अफगानिस्तानमा जे गरेको छ त्यो अन्य देशको सार्वभौमिकता र मानवअधिकारको उल्लङ्घनको सानो अंश मात्र हो। युक्रेन संकटको सबैभन्दा ठूलो चालकको रूपमा अमेरिकाले संकट सुरु भएदेखि दुई महिना भन्दा बढी अवधिमा युक्रेनलाई आठ वटा हतियारहरू स्वीकृत गरेको छ। सैन्य सहायताको कुल रकम करिब तीन अर्ब सत्तरी करोड अमेरिकी डलर छ, जसले स्थिति चर्काउन लगातार इन्धन थपेको छ। अमेरिकी राजनीतिज्ञहरूको नजरमा रुसी-युक्रेनी द्वन्द्व जति लामो हुन्छ अमेरिका त्यति नै लाभान्वित हुनेछ।

 विश्वमा अशान्ति र अराजकताको स्रोत आधिपत्यवादी अमेरिका नै हो भनेर तथ्यहरूले प्रमाणित गरिसकेको छ।