चीनको कपास शहर—सिनच्याङको आवाथी
2022-04-27 19:44:22CRI
Share with:

कपास विश्वको शीर्ष मुख्य कृषि वस्तुमध्येको एक हो। चीनको कपासको उत्पादन मात्रा विश्वको एक चौथाइ पुग्दछ। सिनच्याङको आखसु क्षेत्रको आवाथी जिल्लालाई चीनको कपास शहरको रूपमा मानिएको छ। कपास रोपेको लामो इतिहास बोकेको यस क्षेत्रमा कपासको उत्पादन मात्रा प्रति हेक्टर ६७०० देखि ७५०० केजीसम्म पुग्छ। कपासको माग वृद्धि भएसँगै स्थानीयले मेसिनबाट रोप्ने तथा टिप्ने तरिका संचालन गर्न थालेका छन्।