सडकको पहुँच, ग्रामीण क्षेत्रको विकास
2022-04-28 10:59:47CRI
Share with:

"यदि तपाईँ धनी हुन चाहनुहुन्छ भने, पहिले सडक बनाउनुहोस्।" सन् २०१८ को आरम्भमा चीनको एक्सप्रेसवेको कुल लम्बाई १ लाख ४० हजार किलोमिटर पुगेको थियो, जसले विश्वमा पहिलो स्थान ओगटेको थियो। 

हालैका वर्षहरूमा चीनले यातायात र सडकको माध्यमबाट गरिबी निवारणको प्रवर्द्धन गरिरहेको छ।

हाल चीनमा ग्रामीण सडकको कुल लम्बाइ ४४ लाख ६६ हजार किलोमिटर पुगेको छ, यसबाट ५० करोडभन्दा बढी किसानलाई फाइदा पुगेको छ।

 सडकले सहर र ग्रामीण क्षेत्रलाई जोड्न, ग्रामीण जनताको समृद्धि र खुशीको बाटो बन्न र ग्रामीण पुनरुत्थान र ग्रामीण आर्थिक विकासमा महत्त्वपूर्ण भूमिका खेलेको छ।