सीजीटिएन "फेस्टिवल ओभरचर" ले जित्यो "न्यूयोर्क अन्तर्राष्ट्रिय चलचित्र तथा टेलिभिजन महोत्सव" मा गोल्ड अवार्ड
2022-04-28 20:38:34CRI
Share with:

अप्रिल २६ तारिख सन् २०२२ न्युयोर्क अन्तर्राष्ट्रिय चलचित्र तथा टेलिभिजन महोत्सवको नतिजा घोषणा गरिएको छ। चाइना मिडिया ग्रुपको सीजीटिएनद्वारा निर्मित भिडियो "फेस्टिभल ओभरचर" ले गोल्ड अवार्ड अर्थात् स्वर्ण पदक जितेको छ। साथै सीजीटिएनले प्रतियोगितामा दुई रजत र तीन काँस्य पदक पनि जितेको छ। "फेस्टिभल ओभरचर" एक सङ्गीत भिडियो हो जसले सङ्गीत प्रदर्शनमार्फत चिनियाँ र विदेशी संस्कृतिहरू बीचको मैत्रीपूर्ण संवाद र टकराव देखाउँछ।
सन् १९५७ मा स्थापित न्यूयोर्क अन्तर्राष्ट्रिय चलचित्र तथा टेलिभिजन महोत्सव विश्वव्यापी रेडियो र टेलिभिजन उद्योगको सबैभन्दा पुरानो अन्तर्राष्ट्रिय प्रतियोगिताहरु मध्ये एक हो। यस वर्षको प्रतियोगितामा ४२ देशका चलचित्र र टिभी कृतिले १४ विषयमा प्रतिस्पर्धा गरेको थियो।