उच्च भोल्टेज बिजुली लाइनमा काम गर्ने चिनियाँ युवती
2022-04-29 17:07:55CRI
Share with:

"डर! डर लाग्दैन मलाई। १०० मिटर भन्दा माथिको आकाशमा विभिन्न दृश्य देखेर मलाई एकदम आनन्द लाग्छ।" सन् १९९५ मा जन्मेकी ली च्यासीले चीनको वुहान विश्वविद्यालयबाट स्नातकोत्तर गरेकी छिन् र अहिले राष्ट्रिय ग्रिडको हाङचौ शाखाको बिजुली लाइनमा काम गर्छिन्। उक्त कम्पनीको ६३ वर्षको इतिहासमा यसरी उचाइमा काम गर्ने उनी पहिलो महिला कर्मचारी हुन्।

हरेक दिन ली च्यासीले ३० मिटरभन्दा माथिको उचाइदेखि एक सय मिटरभन्दा अग्लो फलामको टावरमा काम गर्छिन्। फुर्सदमा, ली च्यासी आफ्ना धेरै साथीहरू जस्तै किताब पढ्ने, सङ्गीत सुन्ने, शोपिङ गर्ने गर्छिन्। साथै उनलाई साना जनावरहरू खुबै मन पर्छ।

"यो पेशा जोखिमपूर्ण छ र घामपानी नभनीकन काम गर्नुपर्छ। प्रसिद्ध विश्वविद्यालयबाट मास्टर डिग्री पाएर किन यस्तो कष्ट भोग्ने काम गर्नुभएको हो?" भन्ने प्रश्न धेरै साथीहरूले ली च्यासीलाई सोध्ने गर्छन्। ली च्यासीले यो आफ्नो रोजाइ हो भएको भन्दै यस्तो उत्तर दिने गर्छिन्- "यदि म माथि गएर काम नगर्ने हो भने ती प्रबन्धहरू कसरी सञ्चालन भइरहेका छन् भन्ने थाहा हुँदैन। मैले पावर ग्रिड उद्योग क्षेत्रको वास्तविक आवश्यकताहरूबारे कसरी थाहा पाउन सक्छु र?"