"तूफानको पछि लाग्ने युवा: प्रकृतिको सौन्दर्य रेकर्ड गर्दै मौसम विज्ञान अनुसन्धानको लागि बहुमूल्य छविहरू छोड्दै
2022-04-29 11:46:27cri
Share with:

सन् २०२१ अगस्ट २२ तारिख चीनको भित्री मङ्गोलियाको टुन ल्याउमा लिइएको यो फोटोलाई मौसम विज्ञानले चीनको मेसोस्केल मौसम विज्ञानमा "माइलस्टोन" र फोटो खिच्नेलाई तूफान फोटोग्राफरको रूपमा प्रशंसा गरेको थियो। साथै एससीआई जर्नलको विशेष अंकको आवरणमा समेत राखिएको थियो।
यो फोटो खिच्ने व्यक्ति चीनको च्युङ सी प्रान्तको नान छाङका युवा ल्यु यी चिङ हुन्। चरम मौसम सामान्य मानिसहरूका लागि आतिने समय हो। तर उसको विचारमा एक उत्कृष्ट शूटिङ अवसर हो।

ल्युले यसरी भने "तूफान सुन्दर हुन्छ, तर धेरै खतरनाक पनि। मलाई आशा छ कि धेरै मानिसहरूले मेरो फोटोहरूमार्फत चरम मौसमको बारेमा थप जानकारी लिन सक्छन्, र नयाँ योजना बनाउन सक्छन्।