सी चिनफिङद्वारा राष्ट्रिय प्रतिभा विकास योजनाको अनुमोदन बैठकको अध्यक्षता
2022-04-29 16:59:55CRI
Share with:

वर्तमान चीनको आर्थिक अवस्था र आर्थिक कार्यको विश्लेषण र अध्ययन सम्बन्धि बैठक अप्रिल २९ तारिख चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोमा आयोजना भएको छ। सो बैठकमा "१४औँ पञ्चवर्षीय योजनाको अवधिमा राष्ट्रिय प्रतिभा विकास योजना" को अनुमोदन गरिएको छ। चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले उक्त बैठकको अध्यक्षता गर्नुभएको थियो।

आर्थिक कार्यलाई राम्रोसँग गर्दै जनताको जीवनयापनसँग घनिष्ट सम्बन्ध भएका विषयलाई सुनिश्चित तथा सुधार गर्नु धेरै महत्त्वपूर्ण भएको उक्त बैठकमा औँल्याइएको छ। महामारी रोक्न, अर्थतन्त्रको स्थिर विकास गर्न र विकासलाई सुरक्षित पार्न सो बैठकमा जोड दिएको छ।

बैठकले १४औँ पञ्चवर्षीय योजना अन्तर्गत राष्ट्रिय प्रतिभा विकास योजनाको तर्जुमा एक महत्त्वपूर्ण कार्य भएको सो बैठकमा प्रकाश पारिएको छ।

विश्वका महत्त्वपूर्ण प्रतिभा केन्द्रहरू र नवीन स्थलहरूको निर्माणलाई तीव्रता दिने आवश्यकता रहेको पनि बैठकमा जोड दिएको छ। पैचिङ, शाङहाई र क्वाङतुङ-हङकङ-मकाउ खाडी क्षेत्रमा उच्च मापदण्ड अनुसार नवीन प्रतिभा नमूना क्षेत्र बनाउने लक्ष्य पनि राखिएको छ।