हुनानमा सर्वसाधारणको घर भत्किएकोबारे सी चिनफिङको महत्वपूर्ण निर्देशन
2022-04-30 19:56:03cri
Share with:

अप्रिल २९ तारिख १२ बजेर २४ मिनेट जाँदा हुनान प्रान्तीय छाङ्शा शहरको एक सर्वसाधारणको स्वनिर्मित घर भत्किएको छ। हालसम्म दशौँ जना घरमा थुनिएका छन्।

 यसैबीच चीनका राष्ट्राध्यक्ष सी चिनफिङले महत्वपूर्ण निर्देशन दिई जुतिसुकै मूल्य तिरेर भएपनि फसेका व्यक्तिहरूको खोजी र उद्धार गर्नुपर्ने भन्दै सकेसम्म घाइतेहरूलाई उद्धार गरी सन्तुष्ट पार्ने र पुनर्वासको उचित व्यवस्थापन गर्नुपर्ने दोहोर्याउनुभयो। उहाँले वैज्ञानिक रूपमा उद्धार गर्नुका साथै प्रकोपको प्रतिरोध गर्नुपर्ने भन्दै गतिविधिको सम्पूर्ण रूपमा छानबीन गरी सम्बन्धित जिम्मेवार व्यक्तिलाई गम्भीर कार्वाही गरी तत्कालै आधिकारिक जानकारी प्रकाशित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

यस्तै चीनका प्रधानमन्त्री ली खछ्याङले पनि त्यसबारे निर्देशन दिनुभयो।