चित्रकार च्याङ योङ: तिब्बतमा भित्री प्रेरणाको खोजी गर्दै
2022-05-01 15:49:58cri
Share with:

 

चित्रकार च्याङ योङ तिब्बत थाङ्का कला तथा संस्कृति संघका उपाध्यक्ष हुनुहुन्छ। उहाँले अमेरिका, बेलायत, जर्मनी, नेपाल, मलेसिया लगायत देशमा कला प्रदर्शनी गरिसक्नुभएको छ।

 च्याङ योङले तिब्बतमा आफूले मनमा खोजेको कुरा भेटेको बताउनुभयो। भित्ते चित्रहरू प्रतिलिपि गर्न र थाङ्का चित्र बनाउनमा उहाँको क्षमता राम्रो छ। तिब्बतमा आएर च्याङ योङले आफू घर फर्केको महसुस गर्नुभयो। उहाँले परम्परागत चित्रकला अवधारणाहरूमा थप सम्भावना र रुचि फेला पार्ने आशा गर्नुभयो। च्याङ योङले मुख्यतया तेल चित्रकला अध्ययन गर्नुभयो।

 तिब्बतमा 20 वर्षभन्दा बढी अवधिमा च्याङ योङले आफ्नो सिर्जनाको प्रेरणा पाएको बताउनुभयो। उहाँले परम्परागत चित्रकला प्रविधिहरूमा केही आधुनिक जीवन्तता थप गर्नुभयो, एक अद्वितीय कलात्मक शैलीको निर्माण गर्नुभयो।