तिब्बती बौद्ध प्रतिष्ठानको अवलोकन
2022-05-01 15:56:05cri
Share with:

तिब्बती बौद्ध प्रतिष्ठान तिब्बती ल्हासाको छ्युश्वी जिल्लामा पर्छ भने तिब्बतको पहिलो उच्चस्तरीय तिब्बती बौद्ध धर्मसम्बन्धी बृहत् प्रतिष्ठान हो।

 

प्रतिष्ठानमा तिब्बती बौद्ध धर्मका प्रमुख पाँच सम्प्रदायका वरिष्ठ गुरू, विद्यार्थी समेत ९०० भन्दा बढी छन्। गत नोभेम्बरमा तिब्बती बौद्ध प्रतिष्ठान स्थापना भएको १०औँ वार्षिकोत्सव मनाइएको थियो। हालसम्म प्रतिष्ठानले समस्त तिब्बतका गुम्बाका लागि १३०० जना विद्यार्थीलाई पढाएको छ भने २६४० जना भिक्षुलाई तालिम दिएको छ।

 

सम्प्रदायबीच समान शिक्षा बाँड्ने विचारमा प्रतिष्ठान अडिग रहिरहेको छ। उल्लेखनीय कुरा के हो भने सन् २०१५ देखि युवा जीवन बुद्ध कक्षा खोलिएको थियो भने १६ वर्षका युवा जीवित बुद्धलाई ९ वर्षसम्मको अनिवार्य शिक्षा र परम्परागत धार्मिक शिक्षा प्रदान गरिएको छ।