ग्रीष्मको आगमनमा अनौठा चिनियाँ चलन
2022-05-02 18:58:04CRI
Share with:

गर्मीको शुरुवातमा, चीनमा धेरै रोचक र लोकप्रिय चलनहरु पाइन्छन्। 

गर्मीयाम सुरु हुने दिन अर्थात्‘लीस्या’को दिनमा मानिसहरूले उमालेको अण्डा रङ्गीन धागोले बनाएको जालीको गोजीमा राखेर बालबालिकाको घाँटीमा झुण्डाउने गर्छन्। यसो गरेमा गर्मीमा लाग्ने रोग लगायत विपद्बाट मुक्ति पाइने र सौभाग्यको कामना गर्नु हो। यसै दिनमा बच्चाहरूले लिस्याको अण्डा पाएपछि, हतार नगरिकन खुसीसाथ "अण्डा लड्ने खेल" खेल्ने गर्छन्। खेलमा अण्डा फुटेमा त्यहीँ खानुपर्छ। 

ग्रीष्मको शुरुवातमा, दक्षिणी चीनमा अर्को लोकप्रिय चलन पनि छ। "बच्चको तौल नापिने" चलन अनौठो छ। गर्मीमा खाना खाएपछि मानिसहरू गाउँको द्वारमा काठको ठूलो तराजु झुण्ड्याउँछन्। तराजुमा जोखेर बच्चाहरू स्वस्थ र दीर्घायुको शुभकामना दिने गर्छन्।