तिब्बतमा २४ घण्टा स्वयं-सेवा पुस्तकालयको सञ्चालन सुरू
2022-05-03 16:25:32CRI
Share with:

पुस्तक मानव प्रगतिको सिँढी हो। राम्रा पुस्तक सबैभन्दा बहुमूल्य खजाना हुन्। सर्वसाधारणलाई अझ बढी राम्रा पुस्तक पढ्न लगाउनका लागि तिब्बत स्वायत्त प्रदेशीय पुस्तकालय, ल्हासा प्रशासन र सुविधा सेवा ब्यूरोले अप्रिल २७ तारिख २४ घण्टा स्वयं-सेवा पुस्तकालयको सञ्चालन सुरू गरेका छन्।

तिब्बती पुस्तकालयका प्रमुख ट्रेतानफुचको जानकारीअनुसार, २४ घण्टा स्वयं-सेवा पुस्तकालयले सर्वसाधारणका लागि राम्रो पढ्ने वातावरणको सिर्जना गरेर पठनलाई जीवन धारणा र आध्यात्मिक खोजको रूपमा बनाएको छ। 

प्राप्त जानकारीअनुसार, २४ घण्टा स्वयं-सेवा पुस्तकालयमा कर्मचारी छैन, सर्वसधारणले निःशुल्क रूपमा पुस्तक ऋण र फिर्ता गर्नसक्छन्। उक्त पुस्तकालयमा २४० पुस्तकहरू समेटिएका छन्। भविष्यमा नियमित रूपमा पुस्तकको परिवर्तन हुनेछ। सर्वसाधारणले उक्त २४ घण्टा स्वयं-सेवा पुस्तकालयबाट कसरी पुस्तक सापटी लिने? 

पहिलो, पुस्तक सापटी लिने मान्छेले पुस्तकहरूमध्ये मन पर्ने पुस्तक छान्नेछ। दोस्रो, “पुस्तक सापटी” बटन क्लिक गरेर आइडी वा अनुहार वा सामाजिक प्रत्याभूति कार्डमार्फत् लग – इन गरी पुस्तकको आइडी टाइप गर्नेछ। तेस्रो पुस्तक राखिएको ग्रिड खुल्दा पुस्तक लिएर पुस्तक सापटी क्रम पूरा हुनेछ। पूरै क्रम लगभग एक मिनेट मात्र लाग्ने गर्छ। निकै सुविध छ। 

त्यसबाहेक फरक २४ घण्टा स्वयं-सेवा पुस्तकालयमा पुस्तक फिर्ता गर्न सकिन्छ। उदाहरणका लागि यदि तिब्बत स्वायत्त प्रदेशीय पुस्तकालयबाट किताब सापटी ल्याएमा तर ज्यादै व्यस्त भएका हुनाले पुस्तकालयमा फिर्ता गर्न गाह्रो छ भने नजिकै २४ घण्टा स्वयं-सेवा पुस्तकालयमा प्रत्यक्ष रूपमा पुस्तक फिर्ता गर्न सकिन्छ।

 

वास्तवमा तिब्बत स्वायत्त प्रदेशले पुस्तकालयको भूमिकामाथि महत्व दिएको छ। हाल प्रत्यक दिन तिब्बती पुस्तकालय ११ घण्टामा सञ्चालित हुनुका साथै विदा र पर्वको अवसरमा पनि खुल्ने गर्छ। सरदरमा हरेक वर्ष  पुस्तकालयमा पटक परी १ लाख ५० हजार पाठकहरूलाई स्वागत गरी २० हजार कागज पुस्तक सापटी दिनुका साथै  ३ लाखभन्दा बढी ई-पुस्तक डाउनलोड गरिएका छन्।   

पुस्तक पढ्ने बानी प्रोत्साहन गर्नका लागि तिब्बती पुस्तकालयले हरेक वर्ष सरदरमा करिब १५० पटक पढ्ने कार्यक्रमको आयोजना गरेर पाठकलाई राम्रा पुस्तकको सिफारिस गरेको छ। 

पछिल्लो समाचारमा तिब्बत स्वायत्त प्रदेशीय पुस्तकालयअन्तर्गत ल्हासा चपाङ गुम्बा शाखा मे एक तारिखदेखि पनि सञ्चालित भएको छ। साथै ल्हासामा पहिलो २४ घण्टा प्रज्ञा पनि सञ्चालित भएको छ। यो प्रज्ञा तिब्बती शैली आवासमा स्थापित खुला पुस्तकालय हो। त्यहाँ ६० भन्दा बढी पढ्ने कोठा छन्। त्यसमा स्वचालित बत्ती, बुककेस, बिजुली आपूर्ति आदि छन्। निकै सुविधा छ।