चीनक राष्ट्राध्यक्षद्वारा युवाको विकासमा केही सुझावहरु
2022-05-03 19:45:53cri
Share with:

मे ४ तारिख चीनको युवा दिवस हो। युवाहरू कसरी उपयोगी प्रतिभा बन्ने छन्? चीनका राष्ट्राध्यक्ष सी चिनफिङका सुझावबाट सिकौँ।

मेहनतका साथ सिक्नु र विश्लेषण गर्नु राम्रो

युवा काल शिक्षाको सुनौलो काल हो। युवाकालमा सी चिनफिङ ज्यादै मेहनती र अध्ययनशील हुनुहुन्थ्यो। कहिलेकाहीँ पहाडमा काम गर्दा पनि उहाँ पढिरहनुहुन्थ्यो। अझ महत्त्वपूर्ण कुरा के हो भने उहाँले जिज्ञासा र विचारमा पनि पढ्नुहुन्थ्यो। उहाँसँग आफ्नै विश्लेषण र तुलना तरिका छन्।

 

उच्च आदर्श र दृढ विश्वास

सन् १९६९ देखि लगभग १६ वर्षीय सी चिनफिङले पल्लो शानसी प्रान्तीय ल्याङच्याह गाउँमा काम र बसोबास गर्नुयो। त्यहाँ रहेको ७ वर्षमा उहाँले सर्वसाधारणलाई साच्चिकै बुझ्नुभयो र सर्वसाधारणका लागि वास्तविक कार्य गर्ने जनताका लागि आफ्नो योगदान दिने आदर्श निश्चित गर्नुभयो।

शब्द र काम एकीकृत

युवा सी चिनफिङले पदाधिकारी बनेपछि सार्वजनिक श्रोतको प्रयोग गरी आफ्नो अथवा आफन्त र साथीलाई फाइदा पुग्ने काम नगर्ने र अन्याय गर्नुहुँदैन भन्ने भावनाको विकास गर्नुभयो। उहाँ स्वार्थी नभएकाले सर्वसाधारणको विश्वास जित्नुभयो।

 

युवा दिवसका उपक्ष्यमा राष्ट्राध्यक्ष सीले भन्नुभयो- कडा परिश्रमी हुनाले युवा अझै चम्कन्छ र प्रयास गर्ने हुनाले जीवन अझै उज्यालो हुनेछ।