गर्मीको शुरुवात
2022-05-04 19:02:39CRI
Share with:

चिनियाँ परम्परा अनुसार एक वर्षमा चौबीसवटा सौर्य बिन्दुहरू हुन्छन्। तीमध्ये, लिस्या अर्थात् गर्मीको शुरुवात गर्मी सम्बद्ध पहिलो सौर्य बिन्दु हो। यही समयमा मानिसहरूले प्रकृतिको सुन्दरताको पूर्ण रूपमा आनन्द लिने गर्छन्। कृषिको सन्दर्भमा, चिनियाँहरूले यस मौसममा खरबुजा, सिमी र अन्य बालीहरू रोप्ने उपयुक्त समय हो भन्ने पत्ता लगाएका छन् र मौसम अनुसार खेती गर्ने गरेकाले प्रायः सन्तोषजनक फसल भित्र्याउन सकिन्छ।