सी चिनफिङद्वारा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति अन्तर्गत राजनीतिक व्यूरोका स्थायी सदस्य समितिको बैठकको अध्यक्षता
2022-05-06 14:48:16cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक व्यूरोका स्थायी सदस्य समितिको बैठक मे ५ तारिख आयोजना भएको छ। सो बैठकले वर्तमान कोरोना महामारीको परिस्थितिको विश्लेषण गर्दै महामारीको प्रतिरोध र नियन्त्रण सम्बन्धी महत्वपूर्ण कार्यको विश्लेषण गरेको छ। साथै चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङले सो बैठकको अध्यक्षता गर्नुहुँदै महत्वपूर्ण सम्बोधन पनि गर्नुभएको छ।

 

सो बैठकका अनुसार, कोरोना महामारी देखा परेयता चीनले जनता र जनताको प्राणलाई प्राथमिकतामा राखेर विभिन्न परिस्थितिमा महामारीको प्रतिरोध सम्बन्धी कदमको निरन्तर रुपमा सुधार गरेको छ। महामारीको प्रतिरोध कार्यमा महत्त्वपूर्ण रणनीतिक उपलब्धि हासिल भएको छ। चीनले वु हानको सफलताका साथ संरक्षण गरेपछि विशाल शाङहाईको संरक्षणमा पनि अवश्य नै सफलता प्राप्त गर्ने छ।

 

हाल विश्वमा महामारीको स्थिति यथावत रुपमा गम्भिर रहेको छ भने भाइरस निरन्तर रुपमा बदलिँदै आएको छ। चीनभरि चिनियाँ चिकित्सा स्रोतको अभाव रहेको कारण यदि महामारीको प्रतिरोध कार्यमा शिथिलता आएमा आर्थिक र सामाजिक विकास तथा जनताको प्राणको सुरक्षा र स्वास्थ्यमा गम्भिर प्रभाव पर्ने छ। हाल महामारी प्रतिरोध कार्यको निर्णायक अवधिमा छ। चीनले समय मै महामारीको प्रतिरोध सम्बन्धी कदममा सुधार गर्नुपर्छ र भाइरसको बदल्ने रूपको अनुसन्धान जोडतोडसँग गर्नुपर्छ। यसका साथै सर्वसाधारणको आधारभूत जीवन र आवश्यक सरसामानको आपूर्तिलाई प्रत्याभूति दिनुपर्छ सो बैठकमा जोड दिइएको छ।