“फास्ट” की युवा संरक्षक
2022-05-06 15:12:00cri
Share with:

 

चीनको दक्षिण पश्चिमी भागमा रहेको क्वै चौ प्रान्तको फिङ थाङ जिल्लामा अन्तरिक्ष अनुगमन तथा अनुसन्धान गर्ने विशाल टेलिस्कोप स्थापना गरिएको छ। यसलाई पाँच सय मिटर अपर्च्यर स्फेरिकल टेलिस्कोप “फास्ट” भनिन्छ। साथै यसको संरक्षणकालागि समेत कर्मचारीहरू खटाइएका छन्। यसरी खटाइएका कर्मचारीहरुको सरदर उमेर ३४ वर्ष छ। उनीहरुलाई “फास्ट” का युवा संरक्षक भन्ने गरिन्छ। ईन्जिनियर सुन छुन उनीहरुमध्येकी एक हुन्। २५ वर्षको उमेरदेखि हाल ३५ वर्षको उमेरसम्म उनी फास्टसँगै अघि बढेकी छिन्।