अमेरिकी शैलीको महामारी बिरोधी कार्य मानव प्रकोप बन्दै
2022-05-06 20:31:27CRI
Share with:

अमेरिकी सञ्चार सस्था एनबीसीले जनाएअनुसार, स्थानीय समयबमोजिम मे ४ तारिख अमेरिकामा कोरोना भाइरसबाट मृत्यु भएकाहरूको संख्या १० लाख नाघेको छ। ती १० लाख अमेरिकामा कोरोना भाइरस महामारी भएको २७ महिनामा मृत्यु भएका हुन्। मृत्यु भएकाहरूमध्ये आधा व्यक्तिहरू अमेरिकाको वर्तमान सरकारले सम्हचालेपछि मृत्यु भएका हुन्।

हरेक ३३० जना अमेरिकीमध्ये १ जना कोरोना भाइरसबाट मृत्यु रोज्न बाध्य छन्। अमेरिकी सञ्चार-माध्यमले पहिले यस्तो ठूलो परिमाणको क्षति भएको अनुमान नगरेको कुरा बताएका छन्।

सन् २०२० को मार्चको अन्त्यमा अमेरिकी सरकारले सम्बन्धित तथ्याङ्कलाई उद्धृत गर्दै अमेरिकामा १ लाखदेखि २ लाख ४० हजार कोरोना भाइरस महामारीबाट मृत्यु हुने जनाएको थियो। साथै अमेरिकाले कुनै पनि कदम नचाल्ने हो भने मृत्यु भएकाहरूको संख्या १५ देखि २२ लाखसम्म पुग्ने अनुमान गरेको थियो। हाल कोरोना भाइरसबाट मृत्यु भएकाहरूको संख्या १० लाख नाघेको वास्तविकताबाट “अमेरिकी शैलीको महामारी बिरुद्ध” विफल भएको कुरा प्रतिविम्वित भएको छ। 

कोरोना महामारी शुरुमा अमेरिकी तत्कालीन सरकारको वैज्ञानिक विरोधी राजनीतिक पद्धत्ति थियो। वर्तमान सरकारपछि जासुसी विभागमार्फत भाइरसको उत्पत्तिको सर्वेक्षण गरेको छ। ती राजनीतिक कर्तुतहरू अमेरिकी राजनीतिकज्ञको निजी हितका लागि गरिएको हो। फलस्वरुप अमेरिकी सर्वसाधारणको स्वास्थ्य भताभुङ्ग भएको छ।

कोरोना भाइरस महामारीबाट २ लाख अमेरिकी बालबालिका “अनाथ” बनेका छन्। आबास, खाद्य-पदार्थ र इन्धनको मूल्यमा बृद्धि भएको छ। दर्जनौं लाख अमेरिकीहरूलाई जीवन बिताउन गाह्रो छ। ती कडा वास्तविकताले “मानव अधिकार”लाई ओठमा झुन्ड्याउने अमेरिकी राजनीतिकहरूको स्वार्थ र गैरजिम्मेवारी देखिएको छ।