मलेशियाका युवाले चीनमा एक्यूपंक्चर अनुभवको कथा
2022-05-06 10:31:40cri
Share with:

 

चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी विदेशमा लोकप्रिय हुनुको साथसाथै विश्वका अझै धेरै मानिसले चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटीबारे जानकारी लिने र एक्यूपंक्चरबाट उपचार लिन थालेका छन्। यसैगरी, हालका वर्षहरूमा चिनियाँ परम्परागत चिकित्सा सिक्न विभिन्न मुलुकबाट चीन आउने क्रम पनि बढ्दै छ।

 

पैचिङको तोङछङ क्षेत्रस्थित चिनियाँ परम्परागत चिकित्सा प्रतिष्ठानअन्तर्गत एक्यूपंक्चर तालिम केन्द्रमा केही विदेशी विद्यार्थीहरू एक्यूपंक्चर कक्षा लिँदैछन्। मलेशियाबाट आएका ल्यू हानस्युअ ती विदेशी विद्यार्थीहरूमध्येका एक हुन्।

 

ल्यू हानस्युअ चिनियाँ परम्परागत चिकित्सा प्रतिष्ठानअन्तर्गत एक्यूपंक्चर तालिम केन्द्रद्वारा सञ्चालित छोटो समयको तालिम कक्षाका विद्यार्थी हुन्। यो एक्यूपंक्चर तालिम केन्द्र सन् १९७५ मा विश्व स्वास्थ्य संगठनआदि अन्तर्राष्ट्रिय संगठनहरूको प्रस्तावमा चीनको राज्य परिषद्वारा अनुमोदन गरेपछि स्थापना भएको हो। ल्यू भन्छन् “प्रतिष्ठानका गुरुको प्रशस्त प्रशिक्षण क्षमता छ। प्रायजसो गुरुहरूले चिनियाँ भाषाद्वारा विद्यार्थीलाई सिकाउँछन्। कक्षामा अनुवादक छन्। म चिनियाँ भाषा र अंग्रेजी भाषा जान्नसक्छु। त्यसैले मैले एक पटक चिनियाँ भाषा सुनेपछि फेरि अर्को पटक अंग्रेजी भाषाको अनुवाद सुन्ने गर्दछु। मेरो विचारमा प्रतिष्ठानको अनुवादकले राम्रोसँग अनुवादन गरे। मैले पनि छोटो समयमा अनुवाद कार्य गरेँ। दुई वटा भाषा र दुई किसिमको सँस्कृति गहिरो रुपमा बुझ्नसकिन्छ। चिनियाँ परम्परागत चिकित्सा पनि सजिलो विषय होइन। त्यसैले मैले अनुवाद निकै उत्कृष्ट भएको ठहर लिएँ।”

 

गत शताव्दीको सत्तरी दशकमा “न्यूयोर्क टाइम्स”ले अमेरिकी पत्रकार जेम्स रेस्टनले James Reston चीनमा एक्यूपंक्चरको उपचार अनुभवबारे प्रकाशित गरेको थियो। त्यसपछि एक्यूपंक्चर चिनियाँ परम्परागत चिकित्सा विश्वतर्फ जाने महत्वपूर्ण तरीका बनेको थियो। विश्व एक्यूपंक्चर महासंघको तथ्यांकअनुसार, विश्वमा जम्मा १८० वटा मुलुक र क्षेत्रमा एक्यूपंक्चरको प्रयोग गरिएको छ। एक्यूपंक्चरले ६० वटा मुलुक तथा क्षेत्रमा वैधानिक स्थान प्राप्त गरियो।

 

ल्यू हानस्युअले हालसम्म पहिलो पटक आफूलाई एक्यूपंक्चर गर्दा निकै डराएको सम्झन्छन्। उनी भन्छन् “वास्तविक परीक्षण गर्दा मैले आफूलाई एक्यूपंक्चर गर्न खोजेको थिएँ। गुरुले प्रशिक्षण समाप्त गर्नुभएको बेलामा मलाई परीक्षण गर्न स्वीकार गर्नुभयो। त्यसैले मैले मेरो खुट्टामा एक्यूपंक्चर गराएँ।”

 

ल्यौकाअनुसार, चिनियाँ परम्परागत चिकित्साको गहिरो सिद्धान्त छ। सिक्नुका साथसाथै उनले आफ्नो भिन्नता पनि खोजेका छन्। उनको विचारमा लामो समयसम्म निरन्तर  सिके मात्र उनले गहिरो जानकारी लिनसक्ने छन्।

 

एकजना उत्कृष्ट एक्यूपंक्चर डाक्टर बन्नुको तुलनामा उनको ठूलो भिन्नता छ। तर उनले निरन्तर रुपमा सिक्ने छन्। भविष्यमा मलेशिया फर्केपछि उनले चिनियाँ परम्परागत एक्यूपंक्चरलाई मलेशियालीहरूमाझ प्रचार-प्रसार गर्ने आशा लिन्छन्।