अमेरिका आफैँले जारी गरेको सूचना कसरी “नक्कली” भयो?
2022-05-06 16:55:50CRI
Share with:

अमेरिकी परराष्ट्र मन्त्रालयको वेभसाइटले हालै एक वक्तव्य प्रकाशित गर्दै चीनका केही अधिकारी र सञ्चार-माध्यमले युक्रेन समस्यामा रुसको “नक्कली सूचना”लाई बढाइचढाइ गरेको भन्दै बदमान गरेको छ। उक्त तथाकथित वक्तव्यबाट हेर्दा यो वक्तव्य नक्कली सूचना हो।

उक्त वक्तव्य अनुसार, युक्रेनमा अमेरिकाको जैविक रासायनिक प्रयोगशाला छ भन्ने रुसको “नक्कली सूचना”को चीनले बढाइचढाइ गरेको छ। वास्तवमा अमेरिका आफैँले उक्त सूचनालाई पहिले नै मान्यता दिइसकेको छ।

सन् २०२१ नोभेम्बरमा अमेरिकाले “जैविक हतियार सन्धि”मा हस्ताक्षर भएका मुलुकहरूको सम्मेलनमाझ पेश गरेको कार्य-दस्तावेजमा युक्रेनमा अमेरिकाका २६ वटा जैविक प्रयोगशाला रहेको स्वीकार गरेको थियो। सन् २०२२ मार्चमा अमेरिकी प्रतिरक्षा मन्त्रालयले सार्वजनिक गरेको “दस्तावेज”मा युक्रेनमा अमेरिकाका ४६ वटा “सहयोगात्मक प्रबन्ध” रहेको कुरा उल्लेख गरेको थियो। अमेरिकाले जारी गरेका ती सूचना पनि नक्कली हुन् कि?

युक्रेन समस्यामा “नक्कली सूचना” फैलाएको अमेरिकी अधिकारी र सञ्चार-माध्यम हुन्। चीन अमेरिकाको नक्कली सूचनाको बदमानबाट असर परेको पक्ष मात्र हो।

हाल चिनियाँ सञ्चार-माध्यमले “युक्रेन समस्यामा अमेरिकाले चीनको बदमान गर्ने गलत भनाइ”सम्बन्धी लेख प्रकाशित गरेको छ। उक्त लेखले निर्विवाद वास्तविकता र ठोस तथ्याङ्कमार्फत अमेरिकाले फैलाएको चीनसम्बन्धी गलत भनाइको विश्लेषण गरेको छ।