गोबर गुइँठा – तिब्बतीहरुको सांस्कृतिक पहिचान
2022-05-07 19:11:51CRI
Share with:

चीनको तिब्बत स्वायत्त प्रदेशको ग्रामीण क्षेत्रमा सामान्यतयाः तिब्बती घर बाहिर रोटी आकारका चिजहरू मिलाएर राखेको देखिन्छ। केही परिवारहरूले ती चिजलाई बारको रूपमा पनि प्रयोग गर्छन्। नेपालमा जस्तै तिब्बतमा पनि चौँरीको गोबर सुकाएर प्रयोग गर्ने परम्परा छ। चौँरीको गोबरको गुइँठालाई आगो बाल्ने, आँगनको थुप्रो बनाएर राख्ने, गाईगोरू र बाख्राका खोर बनाउने, छानोको सजावटको रूपमा प्रयोग गर्ने स्थानीयहरू बताउँछन्।

तिब्बतीहरूको आँखामा गोबरको महत्त्वपूर्ण स्थान हुन्छ। गोबर बाल्दा निस्कने धुवाँले घरलाई सुगन्धित बनाउँछ।

हावा र वर्षाबाट आश्रय देखि, चिसो र तातोबाट बचाउने अनि खरानीमा परिणत गर्नेसम्म, साना गोबरका गुइँठाहरु तिब्बतीहरूका लागि घर, संस्कृति र अपरिहार्य जीवन र परम्परा हो।