३.२८ करोड हेक्टर! चीनको वसन्त रोपाइ आधा भन्दा बढी सकियो
2022-05-07 18:58:32CRI
Share with:

हाल चीनको मुख्य अन्नबाली उत्पादन क्षेत्रहरूमा राम्रो मौसमको फाइदा उठाउँदै बाली लगाउने हतार भइरहेको छ। वसन्तमा चीनभरि रोपिएको अन्नबालीको क्षेत्रफल ३.२८ करोड हेक्टर पुगेको छ भने निर्धारित लक्ष्यको आधाभन्दा बढी काम पूरा भइसकेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा प्रगति तीव्र भएको हो।

विगत दुई दिनमा, उत्तरपूर्वी चीनमा वसन्ते रोपाइ क्षेत्रफल प्रतिदिन १६ लाख हेक्टर भन्दा बढी भइरहन्छ।

चालु वर्ष, चीन सरकारले भटमास र तीलको उत्पादन क्षमता बढाउने योजना सुरु गर्‍यो र १६ वटा प्रान्तमा भटमास र मकैको संयुक्त रोपाइको फैलावट भइरहेको छ जुन १० लाख हेक्टरमा पुग्ने अनुमान गरिएको छ।

पछिल्लो कृषि अवस्थाबारे जानकारी वमोजिम, चीनका विभिन्न ठाँउहरूमा प्रारम्भिक धान रोपाइ सम्पन्न भएको छ। वसन्ते गहुँको ८० प्रतिशत, आलुको ६० प्रतिशत, वसन्ते मकैको ७० प्रतिशत र भटमासको २० प्रतिशत सकिएको छ। रोपाइको समष्टिगत अवस्था सुचारू रूपमा चलिरहेको छ।