सी चिनफिङ र आमा
2022-05-08 14:47:43CRI
Share with:

प्राचीन कालमा होस वा हिजोआज आमाको माया प्रशंसनीय मानिन्छ। चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङकी आमा छी सिन सबै कुरालाई राम्रोसँग व्यवस्थापन गर्ने आमा हुनुहुन्छ।

छी सिन आफ्नो भनाइ र व्यवहारमार्फत् ज्ञान र नैतिकता दुवै क्षेत्रमा केन्द्रित भइरहनुहुन्छ। सी चिनफिङप्रति गरिएको छी सिनको अपेक्षामा देश र जनताप्रति जिम्मा लिनु नै एक अविभाज्य भाग हो। सी र आमा बीचका केही कुरामार्फत् उहाँहरू बीचको प्रगाढ मायाको अनुभव गरौँ।

५/६ वर्षको उम्मेरमा आमाले सीलाई आफ्नो पिठ्यूमा राख्दै चिनियाँ इतिहासमा प्रसिद्ध देशप्रेमी सैनिक कमाण्डर वे फैको कथा सुनाउनुभएको थियो। सी चिनफिङ १५/१६ वर्षको उम्मेरमा पल्लो शानसी प्रान्तीय ल्याङच्याह गाउँमा बस्न थाल्नुभएको थियो र ७ वर्षसम्म परिवारसँग छुटिनु परेको थियो। आमाले सीका लागि सानो झोला बनाउनुभएको थियो र झोलामा राता अक्षरमा आमाको मन समेटिएको थियो। ७ वर्षपछि फर्कदा सीले उक्त झोला छिमेकीलाई दिएर भन्नुभएको थियोः मेरो शरीर अरू ठाँउ पुगेतापनि मन यहीं नै रहिरहने छ।

सन् २००१ को बसन्त चाडको अवधिमा तत्कालीन फुच्यान प्रान्तीय प्रमुख सी चिनफिङले कामको कारणले आमाबुबासँग समय बिताउन पाउनुभएन। टेलिफोनमा आमा छी सिनले भन्नुभयोः काम राम्रोसँग गर्नु नै आमाबुबाका लागि ठूलो ख्याल राखेको जस्तै हो। सीले आमाको कुरा मानेर सँधै नै जनता र कामका लागि तनमनधनले प्रयास गरिरहनु भयो।

सी चिनफिङको अफिसमा आमाबुबासँगै पारिवारिक फोटा राखिएका हुन्छन्। तीमध्ये एउटा सी र आमाले हात समाएर हिँडिरहेको न्यानो क्षणको फोटो रहेको छ। सीको अफिसमा सन् २०२१ देखि अर्को फोटो पनि राख्न थालियो। फोटोमा सी र श्रीमतीले आमा छी सिनको हातलाई आफ्नो हातमा राखिरहेको क्षण खिचिएको छ। युवाकालदेखि हालसम्म सीले आमाको कुरालाई सँधै मनमा राख्दै आउनुभएको छः आफ्नो जिम्मेवारी पूरा गर्न जनताको राम्रो सेवा गर्नुपर्छ।