बेलायती राजनीतिज्ञहरूले साम्राज्यवादको सपनाबाट ब्युँझनुपर्छ
2022-05-08 20:37:30CRI
Share with:

स्थानीय समय मे ७ तारिख बेलायतको उत्तरी आयरल्याण्डको क्षेत्रीय निर्वाचन नतिजा सार्वजनिक गरियो। उत्तरी आयरल्याण्ड “बेलायतबाट अलग हुने” अडान लिने सिन फेन पार्टीले सबैभन्दा बढी सिटहरू जितेको छ। सिन फेन पार्टी १०१ वर्षयता उत्तरी आयरल्याण्डको सँसदमा पहिलो पटक हस्तक्षेप गर्ने राजनीतिक पार्टी बनेको छ। सिन फेन पार्टीका उपाध्यक्ष मिशेल ओनिलले उत्तरी आयरल्याण्डका मुख्य मन्त्रीको पद सम्हाल्नुहुने सम्भावना छ। सम्बन्धित विश्लेषणअनुसार, सिन फेनको सफलताले अप्ठ्यारो अवस्थामा रहेको बेलायत सरकारका लागि नयाँ कठिनाइ बढाएको छ।

सन् १९०५ मा स्थापना भएको सिन फेन पार्टीले सधैं नै उत्तरी आयरल्याण्ड बेलायतबाट अलग हुने र “संघवादी उत्तरी आयरल्याण्डको” गठन हुने अडान लिइरहेको छ। रोयटर्सको विश्लेणअनुसार,  सिन फेन पार्टीको सफलताले छोटो समयमा उत्तरी आयरल्याण्ड बेलायतबाट अलग हुने वा नहुने विषयबारे जनमत संग्रह गर्नेमा प्रभाव पारेको छैन तर सिन फेन पार्टीको सफलताको ठूलो अर्थ छ।

उत्तरी आयरल्याण्डको राजनीतिक परिस्थितिको परिवर्तन बेलायतको सामु देखापरेका धेरै चुनौतीहरूको एक सूक्ष्म छबि हो। कोरोना भाइरस महामारी भएयता बेलायत सरकारले नकारात्मक रुपमा महामारीको प्रतिरोध गरेको छ। यसबाहेक, यूरोपेली संघबाट अलग भएपछि आपूर्ति शृङ्खला र श्रमिक समस्या, ऊर्जा स्रोतको मूल्य वृद्धिबाट असर परेका कारण बेलायतको अर्थतन्त्र कठिन अवस्थामा पुगेको छ। बैंक अफ इङ्गल्याण्डले मे ५ तारिख चेतावनी दिँदै बेलायतको मुद्रास्फिति चालू वर्ष १० प्रतिशतभन्दा बढी हुने अनुमान गरेको छ।

हालसम्म बेलायतका केही राजनीतिज्ञहरू सधैं नै “सूर्य कहिल्यै नअस्ताउने साम्राज्य”को सपनामा छन्। बेलायतका राजनीतिज्ञहरूले चाँडै साम्राज्यवादको सपनाबाट ब्युँझनुपर्छ।