जलपरी प्रशिक्षिका ह छि युआनको कथा
2022-05-09 09:50:15cri
Share with:

हाल एउटा डाइभिङ खेल चीनमा लोकप्रिय हुँदैछ। यस खेललाई जलपरीको नाम दिइएको छ। यो डाइभिङ खेल्ने व्यक्तिले जलपरी आकारको पोशाक लगाएर जलमुनि अनेकन् आकर्षक प्रदर्शन गर्छन्। अहिले यो खेल चीनमा सबैभन्दा लोकप्रिय खेलहरुमध्येको एक बनिसकेको छ।

 

युन नान प्रान्तको खुन मिङ शहरको एक्वेरियममा पर्यटकहरुले हरेक दिन माछासँगै नृत्य गर्ने जलपरी अवलोकन गर्न पाउँछन्, ह छि युआन यी जलपरीहरुमध्येकी एक हुन्। उनको दृष्टिकोणमा जलपरीले जलमुनि व्यक्तिको स्वतन्त्रता र खुला स्थिति देखाउनुका साथै विशेष आकर्षणको प्रस्तुति गर्नसक्छ। उनी भन्छिन्,

सबैभन्दा नरम तरिकामार्फत नीलो रंगको मनोहरता अभिव्यक्त गर्न मलाई मन पर्छ। सुन्दरता र समुद्रप्रति माया भएको हुनाले जलपरी बन्न रूचाएकी हुँ। जलपरी बनेपछि समुद्रसँग घनिष्ठ सम्पर्क गर्नुका साथै समुद्रको सुन्दरता र रहस्य अभिव्यक्त गर्नसक्छु।

 

प्रकृतिलाई माया गर्ने ह छि युआन युन नान प्रान्तको ना सी जातिकी युवती हुन्। सन् २०१७ मा उनले युन नान नर्मल विश्वविद्यालयमा भियतनामी भाषा पढेकी थिइन्। विश्वविद्यालयमा उनको उपलब्धि उत्कृष्ट छ। सार्वजनिक कल्याण कार्य मन पराउने उनले सधैँ सहपाठीहरुसँगै वातावरणीय संरक्षण कार्यक्रममा भाग लिने गर्छिन्। सन् २०२० को सेप्टेम्बर महिनामा ह छी युआनले अन्तर्राष्ट्रिय गोता स्कुलको जलपरी प्रशिक्षक प्रमाण पत्र पाएकी छिन्। त्यसपछि उनले जलपरी आधारभुत कक्षा तालिम सिकाउन थालेकी छिन्। कक्षामा बौद्धिक धारणा, जलपरीको प्रविधि र सुरक्षित नियम आदि विषयहरू समावेश छन्। उनको कक्षामा सहभागी विद्यार्थीहरूमा विश्वविद्यालयका विद्यार्थी र कर्मचारीहरू पनि छन्। उनी यसरी भन्छिन्:

नयाँ विद्यार्थीलाई म के भन्न चाहन्छु भने जलपरी बन्नु एक किसिमको आधुनिक खेल मात्र होइन। हामीले आफ्नो तरिकामार्फत प्रकृतिको सुन्दरतालाई देखाउएर प्रकृतिको सुन्दरता अभिव्यक्त गर्नुपर्छ। त्यसबाट अझ बढी मानिसहरूले हाम्रो अभिनयमार्फत साँच्चिकै रूपमा समुद्रलाई माया गर्ने र नीलोको संरक्षण गर्ने सक्नेछन्। 

 

ह छी युआनले भिडियोमार्फत मानव जातिको गतिविधिद्वारा सामुन्द्रिक पर्यावरणीय प्रणालीमा पारेको नराम्रो असर र केही सामुन्द्रिक संरक्षण विज्ञानबारे जानकारी दिन्छिन्। उदाहरणका लागि: गोताखोरको हैसियतले प्लास्टिक वस्तु प्रयोग कम गर्न तथा नियमित रूपमा सामुन्द्रिक सफाई गतिविधिमा भाग लिन अनुरोध गर्छिन्। जलमा बाँचिरहेका जैविक वस्तुहरूसँग आदान प्रदान गर्दा हेर्ने मात्र छुन नहुने सिद्धान्तलाई अक्षरश: पालना गर्न सुझाव दिन्छिन्। प्रशिक्षक बनेको १ वर्षयता ह छी युआनलाई अधिकांश विद्यार्थीहरूले मन पराएका छन्। उनी यसरी भन्छिन्:

धेरैभन्दा धेरै विद्यार्थीहरूले मलाई के बताएका छन् भने हालआएर उनीहरूले प्लास्टिक वस्तुको निकै कम प्रयोग गरेका छन्। आफ्नो वरिपरिका मानिसलाई सकारात्मक प्रेरणा दिँदै उनीहरूको जीवन शैलीमा केही नयाँ परिवर्तन ल्याउन सकेकोमा मलाई साह्रै खुसी लागेको छ।