अमेरिकी सरकारको “सेतो पञ्जा” वास्तवमा कति मैला देखिन्छ? कल्पना गर्न पनि सकिँदैन
2022-05-09 21:41:27cri
Share with:

अमेरिकी सरकारको “सेतो पञ्जा”बारे चर्चा गर्दै धेरैजसोले सर्वप्रथम “अमेरिकी राष्ट्रिय प्रजातन्त्र कोष”(एनईडी) लाई सम्झने गर्दछन्। तर त्यो “सेतो पञ्जा” वास्तवमा कति मैला देखिन्छ? चीनको परराष्ट्र मन्त्रालयको वेभसाइटले हाल सार्वजनिक गरेको एक तथ्यांकबाट त्यसको साँचो स्वरूपलाई खुलाएको छ। विश्वका विभिन्न स्थानमा पृथकतावादी डामाडोल अवस्था, रङग क्रान्ति, राजनीतिक सङकट, अनेकन् झुठ र नक्कली भनाइ तथा मूल्य धारणाको प्रसार लगायतका अधिकांश कुकर्म पछाडिको कालो हातको हैसियतले एनईडीको आपराधिक गतिबिधिको संख्या र त्यसको खराब स्वरूप मानिसबाट कल्पना गर्न पनि सकिँदैन।

 

एनईडी सन् १९८३ मा स्थापना गरिएको हो। खुला रूपमा त्यो कोष “अरू देशको प्रजातन्त्रतर्फ सहायता र समर्थन दिने” गैर सरकारी संगठन हो। तर वास्तवमा त्यसले प्रजातन्त्रको नाउँमा प्रजातन्त्र विपरीत कारवाई चलाउने गर्दछ। धेरै वर्षयता त्यस कोषले ह्वाइट हाउस र अमेरिकी काङग्रेसको पूँजी समर्थन पाएर पूँजी सहायताको तरिकामार्फत विश्वका अधिकांश गैर सरकारी संगठनको नियन्त्रण र व्यवस्थापन गर्दै आएको छ। यसै सिलसिलामा त्यस कोषले सम्बद्ध मुलुक र क्षेत्रतर्फ अमेरिकी मूल्य धारणाको प्रसार प्रचार गर्नुका साथै ध्वस्त पार्न र पृथकतावादी गतिबिधि मच्चाउन खोजेको छ। त्यो कोष क्रमश: अमेरिकी सरकारको अग्र पङक्ति, “सेतो पञ्जा” र प्रजातान्त्रिक क्रस सेनामध्येको एक मुख्य शक्ति बनिसकेको छ।

 

अन्तर्राष्ट्रिय सम्बन्ध प्रजातान्त्रिकीकरण हुने क्रममा एनईडीका ती बदमास कुकर्मको पूरै विश्वले निकै घृणा र आलोचना गरेको छ। अमेरिकी सरकारको कालो हातमा लगाइने त्यस “सेतो पञ्जा”ले अन्त्यमा साँचो प्रजातन्त्रलाई फोहर बनाउनेछ।