चिनियाँ समाजवादी युवा लिग सतवर्षिकी समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङद्वारा सम्बोधन
2022-05-10 11:33:59cri
Share with:

चिनियाँ समाजवादी युवा लिग स्थापना भएको सय वर्षको अवसरमा आज मे १० तारिख बिहान पैचिङ जन बृहत् सभा भवनमा भव्य रूपमा एक सतवर्षिकी समारोह आयोजना भएको छ। साथै चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उक्त समारोलाई सम्बोधन गर्नुभएको छ।

 सन् १९२१ को जुलाईमा औसत २८ वर्ष उमेरका १३ जना प्रतिनिधिहरूले चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशनमा भाग लिएको घटनालाई चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना भएको द्योतक मानिन्छ। यसपछि, चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सन् १९२२ मा चिनियाँ समाजवादी युवा लिगको स्थापना भएको थियो। हालै सार्वजनिक गरिएको “नयाँ युगमा चिनियाँ युवा श्वेतपत्र” अनुसार, सन् २०२१ को अन्तसम्ममा चीनमा समाजवादी युवा लिगका सदस्यको कूल संख्या ७ करोड ३७ लाख १५ हजार पुगेको छ।

राष्ट्राध्यक्ष सीले एक सय वर्षयता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा कम्युनिष्ट युवा लीगले पुस्तौँपुस्ताका युवालाई लिएर पार्टीसँग राष्ट्रिय स्वाधीनता, जनताको मुक्ति, समृद्ध र बलियो देश, जनताको सुखमय जीवनका लागि योगदान गरेको आफ्नो सम्बोधनमा व्यक्त गर्नुभएको छ। चिनियाँ कम्युनिष्ट युवा लीग चीनको युवा अभियानको अग्रगामी र पार्टीको वफादार सहायक तथा भरपर्दो भण्डार रहेको कुरा इतिहास र अभ्यासबाट पूर्ण रूपमा प्रमाणित भएको पनि सीले उल्लेख गर्नुभयो।

 सीका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चिनियाँ कम्युनिष्ट पार्टीको युवा लीगले ठूलो विकास गर्नेछ। चिनियाँ कम्युनिष्ट पार्टीको युवा लीगले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा सबै चिनियाँ युवायुवती सँगसँगै मिलेर प्रयासमार्फत् बलियो र ठूलो शक्ति संगठन बन्ने छ। चीनको विकासमा ठूलो योगदान दिने छ।

 सी चिनफिङले चिनियाँ कम्युनिष्ट युवा लीगप्रति चारवटा अपेक्षाहरू राख्नुभएको छ: पहिलो, पार्टीका लागि प्रतिभा खेती गर्दै सधैँ चिनियाँ युवाहरूको वैचारिक प्रगतिको नेतृत्व गर्ने राजनीतिक विद्यालय बन्नुपर्छ। दोस्रो, होशपूर्वक जिम्मेवारी लिने र चिनियाँ युवाहरूको अनन्त सङ्घर्षलाई संगठित गर्ने अग्रगामी बन्नुपर्छ। तेस्रो, सधैँ पार्टी र युवाहरू बीच बलियो पुल बन्नुपर्छ। चौथो, आत्म-क्रान्तिको साहससँगै सधैँ एक उन्नत संगठन बनेर पार्टीलाई नजिकबाट पछ्याउने र समयको अग्रभागमा रहने हुनुपर्दछ।

 सीले नयाँ यात्रामा युवाहरूलाई एकताबद्ध, संगठित र प्रोत्साहित गरी दोस्रो शताब्दी लक्ष्यलाई पूरा गर्नु चीन राष्ट्रको महा पुनरूत्थानको पालना गर्ने नयाँ युगमा चीनका युवा अभियान र युवा कार्यको महत्वपूर्ण विषय रहेको उल्लेख गर्नुभयो। कम्युनिष्ट युवा लीगले नेतृत्व, संगठनात्मक र सेवा क्षमतालाई बढाएर व्यापक लीगका सदस्यलाई सँगै लिएर अझ राम्रो चीनको विकास गर्नुपर्ने पनि सीले दोहोर्याउनुभयो।

सी चिनफिङले जोड दिनुभयो, "नयाँ युगमा चिनियाँ युवाहरू धेरै आत्मविश्वासी र आत्मनिर्भर छन्, एकै समयमा उनीहरूले विभिन्न सामाजिक विचारहरूको व्यवहारिक प्रभावको सामना गरिरहेका छन्। उनीहरूले निश्चित रूपमा आदर्श र वास्तविकता, राष्ट्र र विश्वको सन्दर्भमा वैचारिक भ्रमको सामना गर्नेछन्, त्यसैले उनीहरूलाई अझ गहिरो शिक्षा र मार्गदर्शनको आवश्यकता छ, समाजलाई गहिरो आँखाले हेर्नु पर्छ, स्पष्ट दिमागले जीवनको बारेमा सोच्नु पर्छ, र बुद्धिको शक्तिले भविष्यको सिर्जना गर्नुपर्छ। "

चिनियाँ राष्ट्रको महान पुनरुत्थान कार्यको यात्रामा चिनियाँ कम्युनिष्ट पार्टी फ्रन्टलाइन हो, कम्युनिष्ट युवा लिग कमाण्डो हो र युवा अग्रगामीहरू सञ्चित शक्ति हुन्। कम्युनिष्ट पार्टीका सबै तहले पार्टीका युवा सदस्यहरूलाई विशेष गरी उत्कृष्ट कम्युनिष्ट युवा लीगका सदस्यहरूको तालिम र विकासलाई ठूलो महत्त्व दिनुपर्छ।