#अल्पसंख्यक जाति#४३०० मिटरको उचाइमा स्ट्रबेरीको स्वाद कस्तो?
2022-05-10 12:58:06cri
Share with:

४,३०० मिटरको उचाइमा रहेको तिब्बती पठारभूमिमा खेतीयोग्य जमिन ज्यादै कम छ। त्यहाँ प्रायः ग्राभेल जमिन, क्षारयुक्त जमिन र गोबी मरुभूमि छन्। तर तिब्बती आली क्षेत्रीय शछ्वानह बस्तीमा चम्किलो रातो र मीठो स्ट्रबेरी फूल्दैछन्।

उच्च उचाइमा स्ट्रबेरी कस्तो देखिन्छ? स्वाद कस्तो छ?

 

स्ट्रबेरी टिपेर पानीमा सफा गरेपछि खाँदा पूरै मुखमा मीठो र अमिलो स्वाद आउँछ। स्थानीय पर्यावरणीय कृषि उद्योग पार्कका प्राविधिक श नङफैको जानकारीअनुसार, उच्च उचाइ, दिन र रातमा तापक्रमको ठूलो भिन्नता र दिनमा लामो समयमा घाम लाग्ने हुनाले स्थानीय स्ट्रबेरीमा चिनीको मात्रा अझै बढी हुन्छ। त्यसैले स्ट्रबेरीको स्वाद अझै स्वादिष्ट हुन्छ।

 

उक्त पर्यावरणीय कृषि उद्योग पार्कमा  स्ट्रबेरी रोप्ने ५ वटा हरित गृह छन्। जसबाट प्रत्येक सालको आम्दानी ५ लाख युआन पुगेको छ। त्यसबाहेक त्यहाँ अरू ८ हरित गृहमा अंगूर, आलु, चेरी लगायत विविध फलफूलहरू रोपिएका छ। फलफूल रूखको बीचबीचमा बन्दकोपी, धनिया आदि सागहरू पनि रोपिएका प्राविधिक श नङफैले जानकारी दिनुभयो। 

 

उहाँले चर्चा गर्नुभएको पार्क १००० मु अर्थात् ६६.७ हेक्टर रहेको छ। त्यहाँ १६५ सौर्य हरित गृह, ६६ प्लास्टिक हरितगृह र चिसो भण्डारको निर्माग गरिएको छ। सन् २०२१ मा उक्त पार्कले ६०० टनभन्दा बढी साग उत्पादन गरेको थियो। यो दुर्गम आली क्षेत्रका लागि अत्यन्त दुर्लभ हो। 

 

यो पार्कको निर्माण तिब्बतका लागि पल्लो शानसी प्रान्तीय सहायता कार्य टोलीको समर्थनसित घनिष्ट सम्धित रहेको छ। तिब्बतका लागि पल्लो शानसी प्रान्तीय सहायता कार्यटोलीका अधिकारी ली चिछौंले दिनुभएको जानकारीमा, पार्कले  "कर्पोरेट व्यवस्थापन प्लस सहकारी सेवा प्लस किसानतथा पशुपालक काम गर्ने तथा प्रशिक्षण लिने" सञ्चालन मोडमा सञ्चालित हुन्छ। जसले सर्वसाधारणलाई रोपण प्रविधि सिकाउनुका साथै सर्वसाधारणको आम्दानीलाई पनि निरन्तर बढाएको छ। पार्कको विकासले स्थानीय सर्वसाधारणलाई स्पष्ट फाइदा दिएको छ। सन् २०१९ देखि २०२१सम्म १३ हजार १०० जनालाई रोजगार दिएको छ। 

 

पार्कमा कार्यरत लोपु करिब ३० वर्षीय किसान हुनुहुन्छ। केही वर्षमा उहाँले तरबूजा, स्ट्रबेरी र खुर्सानी खेती र हरितगृह व्यवस्थापन प्रविधि पूर्ण रूपमा सिक्नुभयो। हाल प्रत्येक महिना उहाँको तलब ६००० युआन पुगेको छ।

 

“मेरो छोरो बस्तीको माध्यमिक विद्यालयमा पढ्दैछ। छोरी स्कूलमा पढ्दैछिन्। परिवारलाई अझै राम्रो जीवन बिताउनका लागि मैले अझै बढी खेती प्रविधि सिक्न खोज्दैछु। भविष्यमा जन्मथलो फर्केर चौँरी पालन बाहेक सागको रोप्ने र बिक्री पनि गर्नसक्छु।” लोपुले भन्नुभयो।

 

हाल आलीमा रूख रोपिएको मात्र नभई तरबूजा, स्ट्रबेरीलगायत फलफूल तथा साग खेती पनि गर्न सकिन्छ। व्यस्त मौसममा पार्कले आलीको ६० प्रतिशतको बजार मागलाई आपूर्ति गर्नसक्ने पार्कका जिम्मेवारी लीउ च्याङले गौरववान्वित चर्चा गर्नुभयो।