सानो स्क्रिनबाट ठूलो बजार सिर्जना
2022-05-10 15:14:42cri
Share with:

   महामारी अवस्थामा ‘अफलाइन’ वास्तविक अर्थतन्त्रमा फरक-फरक मात्रामा नकारात्मक असर परेको देखिन्छ। तर, हाल इ-कमर्स लाइभ प्रसारण चीनमा धेरै लोकप्रिय भएका छन्। साथै "सानो स्क्रिन" ले एक विशाल उपभोक्ता बजार खोलेको छ।

 

सन् २०२२ मेमा चीनको पूर्वी क्षेत्रमा पर्ने च्याङ सु प्रान्तको स याङ जिल्लामा प्रचुर मात्रामा लसुनको उत्पादन भएको छ। केही किसानहरु लसुनको विक्रीलाई लिएर चिन्तित थिए। तापनि ई-वाणिज्य प्रत्यक्ष प्रसारणमार्फत तीन सय टन लसुन विक्री भएको छ।

 

तथ्याङ्कअनुसार सन् २०२१ मा चीनको ग्रामीण अनलाइन खुद्रा विक्री रकम २० खर्ब ५ अर्ब चिनियाँ युआन बराबर छ। सन् २०२२ को पहिलो त्रैमासिक अवधिमा राष्ट्रिय अनलाइन खुद्रा विक्री ३० खर्ब युआन पुगेको छ। तीव्र गतिले बढिरहेको अनलाइन खुद्रा बजारले उपभोक्ता बजारको वृद्धिमा स्पष्ट प्रभाव पारेको छ।