#समाचार सन्दर्भ# विश्वलाई जोड्ने “बेल्ट एण्ड रोड”बाट साझा समृद्धि
2022-05-11 16:47:07CRI
Share with:

मार्च २६ तारिख चिनियाँ कम्पनीबाट निर्माण गरिएको नेपाल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको समापन समारोहमा नेपालको भ्रमणमा रहनुभएका चिनियाँ परराष्टमन्त्री वाङ यीले नेपाली विदेशमन्त्री नारायण खड्कालाई सुनौलो साँचो हस्तान्तरण गर्नुभयो। यो नेपाल र चीनले “बेल्ट एण्ड रोड” को साझा निर्माण गर्ने परियोजनामा अर्को उपलब्धि हो।

 

“बेल्ट एण्ड रोड” चीनबाट सुरु भएको हो र यो संसारकै हो। यो एकसाथ गाएको गीत हो; यो संसारलाई जोड्ने रङगिन इन्द्रेणी हो। चालू वर्ष चीनले  आयोजना गरेको “बेल्ट एण्ड रोड”अन्तर्राष्ट्रिय सहयोगसम्बन्धी शिखर मञ्चको पाँचौं वर्ष हो। विगत पाँच वर्षमा चीन र "बेल्ट एण्ड रोड" अन्तर्गतका देशहरूबीचका धेरै सहयोग परियोजना साकार गरिएका छन्। यी परियोजनाहरूले स्थानीय आर्थिक विकासलाई प्रेरणा गरेको मात्र नभई वरिपरिका देशहरूका जनताको जीवनस्तरमा निरन्तर सुधार पनि ल्याएका छन्।

 

सन् २०१७मा ‌संचालन भएको केन्याको मोम्बासा-नैरोबी रेलमार्गले स्थानीय क्षेत्रका लागि करीब ७० हजार वटा रोजगार अवसर उपलब्ध गराएको थियो। तथ्यांक अनुसार, यो रेलमार्गको संचालनपछि केन्याको जीडीपीमा १.५ प्रतिशतले वृद्धि भएको थियो। सन् २०१८मा संचालन भएको चीन-माल्दिभ्स मैत्री पुलले माल्दिभ्समा जहाजद्वारा आवत-जावतको इतिहास समाप्त गरेको थियो। दक्षिण एशियाको सबैभन्दा अग्लो टेलिभिजन टावर- श्रीलंका कमल टेलिभिजन टावरको सन् २०१९ को सेप्टेम्बर महिनापछि श्रीलंकामा प्रयोगमा आएपछि सञ्चार सेवा उपलब्ध गराउनुका साथै रेस्टुरेन्ट, शपिङ, घुमघामको विकास प्रवर्द्धन गरेको थियो। सन् २०२१ को अन्त्यमा संचालन भएको चीन-लाओस रेलमार्ग मार्फत् विगत पाँच महिनामा ढुवानी गरिएको सामानको कुल रकम ५ अर्ब चिनियाँ युआनभन्दा बढी भएको छ। यसबाहेक, चीन-लाओस रेलमार्ग र चीन-यूरोप रेलमार्ग जोडिएपछि दक्षिण-पूर्वी एशियाली मुलुकहरूले यूरोपतर्फको निर्यात बढाएको छ। एक खुला र समावेशी अन्तर्राष्ट्रिय सहकार्य चौतारोको रुपमा “बेल्ट एण्ड रोड”ले शक्तिशाली शक्तिमार्फत् आबद्ध मुलुकहरूको साझा दिगो विकास र गरिबी न्यूनीकरणलाई संयुक्त रुपमा अगाडि बढाउँदैआएको, महामारी चुनौतीको संयुक्त रुपमा सामना गर्दैआएको, आबद्ध मुलुकहरूका जनताको धनी बनाउने र विकासको सपना साकार तुल्याउन मद्दत दिँदैआएको छ।

 

नेपाल चीनको लागि बेल्ट एण्ड रोडको महत्वपूर्ण साझेदार हो। चीनले सहकार्यमार्फत् नेपालसँग विकासका अवसरहरू बाँडदै आएको छ। बितेका वर्षहरूमा, अरनिको राजमार्ग तेस्रो चरणको निर्माण, काठमाडौं भित्री चक्रपथको सुधार कार्यको पहिलो चरण र तातोपानी सीमा चौकी लगायत सडक पूर्वाधार परियोजनाहरूलाई पूरा गर्न चीनले नेपाललाई सहयोग गर्दै आएको छ। साथै चीनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको सुधार एवम् बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति र पुनर्निर्माण परियोजनामा नेपाललाई निरन्तर सहयोग दिइरहेको छ। यसका अतिरिक्त,नेपाली जनताको ध्यानाकर्षणमा रहेको चीन–नेपाल सिमापार रेलमार्ग परियोजनामा पनि महत्वपूर्ण प्रगति भएको छ। गत मार्चमा सीमापार रेलवे परियोजनाको सम्भाव्यता अध्ययन सम्बन्धि प्राविधिक सहयोग योजनामा नेपाल भ्रमणका क्रममा चिनियाँ राज्य परिषदका सदस्य एवम् परराष्ट्रमन्त्री वाङ यीले हस्ताक्षर गर्नुभयो जसबाट यसै परियोजनाको कार्यान्वयनलाई अघि बढाउनको लागि बलियो जग बसालिएको छ। दुई देश बीचका बिभिन्न सहयोग परियोजनाहरुका प्रगतिसँगै,  नेपाल "भूपरिवेष्ठित देश" बाट "भूजडित राष्ट्र" सम्म परिणत प्रक्रिया अघि बढ्दै गइरहेको छ।

 

"देश-देश बीचको सम्बन्ध जनता-जनता बीचको घनिष्टतामा निर्भर हुन्छ अनि जनता-जनता बीचको घनिष्टता मनको जोडीमा निर्भर हुन्छ।" चीन र नेपाल हिमाल र नदीले जोडिएका छिमेकी हुन् र पुस्तादेखि नै मित्रता कायम राखिरहेका छन्।  यो नै "बेल्ट एण्ड रोड" सम्बद्ध अन्य देशहरूको लागि अतुलनीय पक्ष हो। बितेका पाँच वर्षको बलियो जग आधारित, ‘बेल्ट एण्ड रोड’ संयुक्त निर्माणले दिगो विकासको चरणतिर अघि बढिरहेको छ। नयाँ सुरुवात बिन्दुमा उभिएर दुई देशले "बेल्ट एण्ड रोड"को संयुक्त निर्माणलाई उच्च गुणस्तरिय विकासमा रूपान्तरण गर्दै छन्। समृद्ध नेपाल, सुखी नेपाली भन्ने नेपालको विकास लक्ष्यमा तीव्रता दिन प्रयास हुँदैछ। र दुई देशका जनताको समृद्धि र विकासको सपनालाई साकार तुल्याउन  योगदान दिँदै जानुपर्नेछ।