मोदीको लुम्बिनी भ्रमणमा पश्चिम सेतीबारे कुरा हुने
2022-05-11 17:25:59cri
Share with:

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्ध जयन्तीका दिन जेठ २ गते भारतका प्रधानमन्त्री नेपाल आउने जानकारी दिनुभएको छ । डडेल्धुरामा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री देउवाले लुम्बिनीमा हुने कार्यक्रममा भारतका प्रधानमन्त्री मोदीसँग आफ्नो भेटवार्ता हुने पनि बताउनुभयो । त्यस क्रममा सुदूरपश्चिम क्षेत्रका लागि महìवको पश्चिम सेती जलविद्युत् आयोजना निर्माणमा भारतीय कम्पनीसँग सम्झौताबारे निर्णय हुनसक्ने बताउनुभयो।

 चीनले बनाएका जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली भारतले खरिद नगर्ने नीति लिएको बताउँदै उहाँले भारतीय लगानीबाट बनेका भने खरिद गर्ने हुँदा पश्चिम सेतीबारे दुईवटा भारतीय कम्पनी सतलज र आईबीएचएमसँग कुराकानी भएको उल्लेख गर्नुभयो ।

पश्चिम सेतीसँगै महाकालीको पञ्चेश्वर परियोजनासमेत बनाउने उहाँले बताउनुभयो । यसैबीच, प्रधानमन्त्री देउवा स्थानीय तहको चुनावसम्म सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुनुहुने भएको छ ।  सोमबार डडेल्धुरा आउनुभएका प्रधानमन्त्री देउवाले मङ्गलबार डडेल्धुराको जोगबुढामा आयोजित कार्यक्रममा सहभागी हुनुभयो।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाका अनुसार ३० गते हुने स्थानीय तहको चुनावमा देउवाले आफ्नो जन्मस्थल डडेल्धुरा रुवाखोलाको मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम छ। स्थानीय नेता तथा कार्यकर्तासँग छलफलमा रहेका देउवा बुधबारदेखि शुक्रबारसम्मको मतदान गर्ने अवधिसम्म डडेल्धुरामै बस्ने कार्यक्रम रहेको गोरखापत्र अनलाइनमा खबर छ।