चिनियाँ राष्ट्राध्यक्षद्वारा फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई सन्देश
2022-05-12 11:07:43cri
Share with:

मे ११ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति फर्डिनान्ड रोमुल्डेज मार्कोसलाई बधाई सन्देश पठाउनुभएको छ। उहाँका अनुसार चीन र फिलिपिन्स एक असल छिमेकी हुन्। केही वर्षयता यी दुवै पक्षको सँयुक्त प्रयासमा चीन र फिलिपिन्सबीचको सम्बन्ध लगातार उकासिँदै गएको छ जसबाट दुवै मुलुकका जनताका लागि लाभ सिर्जना गर्दै क्षेत्रीय शान्ति तथा स्थिरताका लागि योगदान गरिएको देखिन्छ।

हाल चीन र फिलिपिन्स समग्र विकासको महत्वपूर्ण चरणमा अवस्थित छन् भने द्विपक्षीय सम्बन्धका सामु महत्वपूर्ण अवसर देखापरेको छ। फिलिपिन्ससँगको सम्बन्धलाई जोड दिँदै राष्ट्राध्यक्ष सीले राष्ट्रपति मार्कोससँग असल काम सम्बन्धको स्थापना गर्दै दुई मुलुकबीचको चौतर्फी रणनीतिक सहयोगात्मक सम्बन्धको विकास गर्ने आशा गर्नुभएको छ।