युरोपको सुरक्षा आफ्नो हातमा राखिनुपर्छ
2022-05-12 19:05:20cri
Share with:

मे ९ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले जर्मनीका चान्सलर ओलाफ शोल्जसँग भिडियो वार्ता गर्नुभयो। त्यसपछि राष्ट्राध्यक्ष सीले मे १० तारिख फ्रान्सका राष्ट्रपति इमान्युल माक्रोनसँग टेलिफोन कुराकानी गर्नुभयो। उक्त दुई वार्तामा राष्ट्राध्यक्ष सीले युरोपेली मुलुकहरुले युरोपको सुरक्षा आफ्नो हातमा राख्ने कुराको समर्थन चीनले गरेको बताउनुभयो।

हाल निरन्तर रुपमा चलिरहेको रुस-युक्रेन युद्धबाट युरोपलाई गम्भीर रुपमा प्रभावित पारिएको छ। अमेरिकाको प्रोत्साहनमा युरोपले निरन्तर रुपमा रुसमाथि नाकाबन्दी गरेको छ। तथापि जसबाट गम्भीर क्षति भएको छ। युरोपको सामु देखा परेको सुरक्षा समस्या दिन प्रतिदिन बढ्दै आएको छ। यसका साथै अमेरिकाले लगातार रुपमा पछाडिबाट खराब काम गरेको हुनाले युरोपेली क्षेत्रको सुरक्षामा अझ ठूलो त्रास धम्की देखापरेको छ। सुरक्षा, शान्ति तथा समृद्धिका लागि युरोपले अरु बढी बुद्धिमत्ता तथा साहस देखाउनुपर्छ।

 इतिहासबाट हेर्दा समूह बीचको प्रतिद्वन्द्विता विश्व सुरक्षाका लागि ठूलो त्रास धम्की हो। शीत युद्धको परिणामस्वरुप भएको नेटोले रुसको चासोलाई बेवास्ता गरी लगातार रुपमा पूर्वतर्फ विस्तार गर्न खोजेका कारण रुस र युक्रेन बीचको युद्ध भएको हो। युरोपका अधिकांश मुलुकहरु नेटोका सदस्य मुलुकहरु हुन्। युरोपले अमेरिकाको कुचेष्टामा खसेर अमेरिकाले आफ्नो प्रभुत्ववादको संरक्षण गर्ने साधन बन्नुहुँदैन, बरु आफ्नो हित र युरोपको दीर्घकालीन अवधिसम्मको सुरक्षाबारे सोच विचार गरी रुससँग समान रुपमा सहअस्तित्व गर्ने र युरोप महाद्वीपमा स्थायी शान्ति हुने उपाय खोज्नुपर्छ।