संयुक्त राष्ट्र सघीय मानव अधिकार परिषदद्वारा युक्रेन सम्बन्धमा विशेष बैठकको आयोजना
2022-05-13 15:20:59cri
Share with:

मै १२ तारिख संयुक्त राष्ट्र संघको मानवअधिकार परिषद्ले जेनेभामा युक्रेन सम्बन्धमा विशेष बैठकको आयोजना गरेको छ। संयुक्त राष्ट्र संघका लागि चीनका स्थायी प्रतिनिधि छन स्युले बैठकलाई सम्बोधन गर्दै सबै पक्षहरूलाई संयुक्त रूपमा रुस-युक्रेन वार्तालाई समर्थन गर्न आग्रह गर्नुभएको छ।

 

उक्त बैठकमा युक्रेन लगायत सबै देशको सार्वभौमसत्ता र भौगोलिकअखण्डताको सम्मान गर्नुपर्ने, संयुक्त राष्ट्र संघको बडापत्रका उद्देश्य र सिद्धान्तहरू पालना गर्नुपर्ने, र सबै देशको वैधानिक सुरक्षा चासोलाई ध्यानमा राख्नुपर्ने प्रतिनिधि छन स्युले बताउनुभएको छ। उहाँले युद्धविरामको प्रवर्द्धन गर्नु र युद्ध अन्त्य गर्नु अन्तर्राष्ट्रिय समुदायको तत्काल अपेक्षा र चीनको प्रयास भएको बताउनुभयो।

 

छन् स्युले भन्नुभयो, "हामी सबै पक्षहरूलाई मानव अधिकार परिषद्को मौलिक उद्देश्यमा फर्कन र पालना गर्न, वास्तविक बहुपक्षीयताको पालना गर्न र अन्तर्राष्ट्रिय मानव अधिकार उद्देश्यको स्वस्थ विकासलाई संयुक्त रुपमा प्रवर्द्धन गर्न  आह्वान गर्छौँ।"