चीनमा एक्यूपंक्चर सिकिरहेका मलेशियाली युवाको कथा
2022-05-13 09:55:10cri
Share with:


 

चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटी विदेशमा लोकप्रिय हुनुको साथसाथै विश्वका अझै धेरै मानिसले चिनियाँ परम्परागत चिकित्सा तथा जडिबुटीबारे जानकारी लिने र एक्यूपंक्चरबाट उपचार लिन थालेका छन्। यसै गरी, हालका वर्षहरूमा चिनियाँ परम्परागत चिकित्सा सिक्न विभिन्न मुलुकबाट चीन आउने क्रम पनि बढ्दै छ।

 

पैचिङको तोङछङ क्षेत्रस्थित चिनियाँ परम्परागत चिकित्सा प्रतिष्ठानअन्तर्गत एक्यूपंक्चर तालिम केन्द्रमा केही विदेशी विद्यार्थीहरू एक्यूपंक्चर कक्षा लिन्दैछन्। मलेशियाबाट आएका ल्यू हानस्युअ ती विदेशी विद्यार्थीहरूमध्येका एक हुन्। उनी भन्छन् “मेरो नाम ल्यू हानस्युअ हो। म मलेशियाबाट आएको हुँ। म पैचिङमा पाँच वर्षदेखि बस्दैआएको छु।”

 

ल्यू हानस्युअ चिनियाँ परम्परागत चिकित्सा प्रतिष्ठानअन्तर्गत एक्यूपंक्चर तालिम केन्द्रद्वारा सञ्चालित छोटो समयको तालिम कक्षाका विद्यार्थी हुन्। यो एक्यूपंक्चर तालिम केन्द्र सन् १९७५ मा विश्व स्वास्थ्य संगठनआदि अन्तर्राष्ट्रिय संगठनहरूको प्रस्तावमा चीनको राज्य परिषद्वारा अनुमोदन गरेपछि स्थापना भएको हो। विगत चालीस वर्षयता यो एक्यूपंक्चर तालिम केन्द्रले विश्वका १०० वटा मुलुक र क्षेत्रका २० हजार चिकित्सकका लागि एक्यूपंक्चर, चिनियाँ परम्परागत चिकित्सा, समाजआदि क्षेत्रहरूको तालिम दिएको छ।

 

शुरुमा ल्यू हानस्युअको चीन आउनुको उद्देश्य एक्यूपंक्चर सिक्नु थिएन। उनले चीनको परम्परागत ऊशु सिक्ने आशा लिएका थिए। ल्यू भन्छन्

 “सन् २०१६ को शरद ऋतुमा म चीन आएको हो। मैले हुपै प्रान्तीय ऊताङ पहाडमा ऊताङ बक्सिङ, थाइची बक्सिङ, स्युआनऊ बक्सिङ, स्युआनकुङ बक्सिङ सिकेँ।”

 

सन् २०१७ अप्रिल महिनामा भिसा थप्नकालागि आवेदन खिन उनी ऊताङ पहाडबाट पैचिङ आएका थिए। पैचिङमा उनले धेरै चिनियाँ साथीसँग भेट गरे। अनि उनले पैचिङमा बस्ने निर्णय गरेका थिए। उनी भन्छन् “त्यस अवधिमा फुर्सदमा म थ्येन थान पार्क गएँ। मैले एकजना गुरुलाई भेटेँ। मैले थ्येन थान पार्कमा गुरुसँग बक्सिङ सिकेको थिएँ। पछि मैले पैचिङमा काम खोज्ने विचार गरेँ।”  

 

सन् २०१७ देखि ल्यू हानस्युअले पैचिङमा बस्दैआएका छन्। उनले सफ्टवेयर इन्जिनियरको काम गर्नुका साथै ऊशु पनि सिकिरहेका छन्। साथीको सहयोगमा उनले चिनियाँ परम्परागत चिकित्सा एक्यूपंक्चरबारे जानकारी लिन थाले।

 

ल्यूकाअनुसार, उनले एक्यूपंक्चर प्रविधि निरन्तर रुपमा सिक्ने छन्। भविष्यमा उनले मलेशिया फर्केपछि चीनको एक्यूपंक्चरलाई मलेशियालीहरू माझ पुर्‍याउने छन्।