अमेरिका-आशियान विशेष शिखर सम्मेलन
2022-05-14 20:14:31cri
Share with:

केही समयसम्म पछि सारिएको अमेरिका-आशियान विशेष शिखर सम्मेलन मे १३ तारिख वाशिङ्टनमा सम्पन्न भएको छ।

 

अमेरिकाको तथाकथित “इण्डो प्यासिफिक क्षेत्रीय रणनीति”को एक महत्वपूर्ण भागको रूपमा मानिने उक्त शिखर सम्मेलनका वास्तविक उद्देश्य, ठोस मिति र कार्यसूची र अन्तिम नतिजामा धेरै पक्षले आशंका गरेका छन्। शिखर सम्मेलन सम्पन्न भएपछि प्रकाशित गरिएको संयुक्त वक्तव्यको कुनै पनि वास्तविक अर्थ छैन। विश्लेषकका अनुसार, अमेरिकाको भनाइ र गराइबीच धेरै फरक देखिन्छ। किनकी अमेरिकाले खुला रूपमा एशियामा आफ्नो साथी परिधिको विस्तार गर्न भनेको छ, तर वास्तवमा अमेरिकाले चीनको नियन्त्रण गर्ने शक्तिलाई सबल पार्न खोजेको हो।

 

उक्त शिखर सम्मेलनपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले गणतन्त्र कोरिया र जापानको भ्रमण गर्नुका साथै टोकियोमा आयोजना गरिने “४ पक्षीय सुरक्षा संवार्ता”मा भाग लिनुहुने कार्यक्रम रहेको छ। त्यो उहाँले राष्ट्रपतिको पद सम्हालेपछि पहिलो एशिया भ्रमण नै हो। एशियाको शान्ति विकासका लागि योदान गर्ने मायालु कारवाईको एशियाली मुलुकले अवश्य नै स्वागत गर्नेछन्। तर क्षेत्रीय शान्ति, स्थिरतामा हानी पुर्याउने र क्षेत्रीय एकता र सहकार्यलाई ध्वस्त पार्ने सबै कूकर्मलाई एशियाली मुलुकहरूले पटक्कै स्वीकार गर्ने छैनन्।