पेट्रोल, डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँ बढ्यो
2022-05-15 16:13:20cri
Share with:

नेपाल आयाल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँले बढाएको छ । आयल निगमको संचालक समितिको बैठकले आज (शनिबार) राति १२ बजेदेखि लागू हुनेगरी मूल्य बढाएको हो ।

 

कान्तिपुर अनलाइनका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । हाललाई खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखिएको छ । मूल्य समायोजनपश्चात पनि पाक्षिक ४ अर्ब २५ करोड रुपैयाँ नोक्सानी रहेको निगमले जनाएको छ ।