बन्दुकजन्य हिंसाले अमेरिकीलाई खतरामा पारिरहेको चिनियाँ परराष्ट्रमन्त्रालयको भनाइ
2022-05-16 18:48:17cri
Share with:

प्राप्त समाचारका अनुसार, अमेरिकाको न्युयोर्क राज्यको बुफालो नगरपालिकामा मे १४ तारिख गम्भीर बन्दुक प्रहार कार्य भएको छ। सो घटनामा एक जना १८ वर्षीय श्वेत बन्धुकधारीले सर्वसाधारणला गोली प्रहार गर्दा कम्तिमा १० जनाको मृत्यु हुनुक साथै अरू ३ जना घाइते भएका छन्। स्थानीय अधिकारीका अनुसार, पीडितहरूमध्ये ११ जना अश्वेत व्यक्ति हुन्। यो जातीय अभिप्राय हिंसात्मक अतिवादको नित्कृष्ट उदाहरण हो। यसबाहेक मे १३ तारिख अमेरिकी विस्कोसिन राज्यको मिलवौकी नगरपालिकामा १२ घण्टाभित्र १० वटा गोली हानाहान घटना भएका छन्। अमेरिकामा बन्दुकजन्य हिंसात्मक कार्य चर्कँदैआएको छ।

मे १६ तारिख आयोजित नियमित्र पत्रकार सम्मेलनमा चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता चाउ लीच्येनले त्यसबारे प्रश्नको जवाफ दिँदै स्वतन्त्र, प्रजातन्त्र र कानुनी शासन भएको अमेरिकामा किन बन्दुकजन्य हिंसात्मक कार्य यति गम्भीर देखिएको छ भन्दै प्रतिप्रश्न गर्नुभयो। उहाँले अमेरिकी सर्वसाधारणले किन गोली हानाहानको खतरामा जीवन बिताइरहेका छन् भन्ने प्रश्न सबै समक्ष देखिएको उल्लेख गर्नुभयो।

तथ्याङ्कका अनुसार, केही वर्षयता अमेरिकामा जातीय भेदभाव र घृणाका घटना बढिरहेका छन्। सन् २०२० मा अमेरिकी अश्वेत व्यक्तिमा बन्दुक खरिद गर्ने मात्रा ५८.२ प्रतिशत बढेको छ। त्यसैगरी एशियाली अमेरिकीले बन्दुक खरिद गरेने मात्रा ४३ प्रतिशत बढेको छ। अल्पसंख्यक जातिबीच जातीय भेदभावबाट जन्मिएको असुरक्षा भावनाले यस्तो भएको हुने विश्लेषण गरिएको छ।

प्रवक्त चाउ लीच्येनले बन्दुक हिंसामा हताहतबाट अमेरिकामा निकै अभाव महामारी नियन्त्रण चिकित्सा स्रोतला झनै तनाव पारेको भन्दै बन्दुकजन्य हिंसा र कोभिड १९ महामारी जस्तै अमेरिकीहरूका टाउकोमा उडिरहेको मृत्युको भूत बनेको बताउनुभयो। उहाँले अमेरिकीहरूको ज्यान र सुरक्षाला खतरा पारिरहेको पनि उल्लेख गर्नुभयो।

अमेरिकी सरकारले स्वदेशी जनताको जिम्मा लिएर व्यावहारिक कदम चाली बन्दुकजन्य हिंसात्मक समस्याको समाधान गर्नुपर्ने कुरामा प्रवक्ता चाउले जोड दिनुभयो। उहाँले मानवअधिकार रेकर्ड यति नराम्रो भएको अमेरिकाले पहिले आफ्नो विषयको राम्ररी व्यवस्थापन गर्नुपर्ने अनि अरू देशको मामिलामा हस्तक्षेप गर्नु नहुने कुरामा विशेष सजग गराउनुभयो।